स्थानीय निर्वाचन : ललितपुरमा कांग्रेसका ६ जना आकांक्षी, मणिराज चर्चामा

  • ललितपुर २३ चैत ।
स्थानीय निर्वाचन नजिकिदै जाँदा ललितपुरको १५ नम्बर वडामा कांग्रेसका तर्फबाट वडा अध्यक्षमा ६ जना  आकांक्षी देखिएका छन् । 

आकांक्षीहरुमा कांग्रेस वडा सभापति समेत रहेका मणिराज राज बिष्ट, उपसभापति आत्मराज बोगटी, सचिव प्रवेश दाहाल, भूपू सभापति शिव राना मगर, ट्रेड युनियन ललितपुर अध्यक्ष कमल कुमार बिष्ट र अम्बिका राइ रहेका छन् ।

आकांक्षी ६ मध्य हाल सभापति समेत रहेका मनिराज बिष्टको बढी चर्चा छ । केन्द्रमा सभापति नै संसदीय दलको नेता रहने कांग्रेस प्रचलनका कारण पनि ललितपुर १५ मा सभापति नै रहेका बिष्टको बढी चर्चा भएको हो । 

श्रोतका अनुसार २ पटकसम्म निरन्तर सभापति भइसकेका बिष्ट ललितपुरका स्थापित सामाजिक कार्यकर्ता समेत हुन् । २०४६ देखी कांग्रेसको राजनीतिमा सक्रिय रहेका बिष्ट इकाई कार्यसमिति हुँदै तरुल दलका सभापति समेत भइसकेका स्थानीय नेता हुन् । 

श्रोतका अनुसार २०५३/५४ सालदेखि खुमलटार र आदर्श समाज युवा क्लबका सस्थापक समेत रहेका बिष्ट निरन्तर सामाजिक संघ संस्थामा सक्रिय छन् । 

खेलकुदमा लामो समयदेखि निकै सक्रिय समेत रहेका बिष्ट बि डिभिजन खुमलटार युवा क्लब र ललितपुर तेक्वान्दो संघका कार्यकारी अध्यक्ष रहेका छन् ।

खेलकुद क्षेत्रको सक्रियताका हिसाबले तेक्वान्दोका अन्तराष्ट्रिय रेफ्री समेत रहेका बिष्ट भिभिन्न देशमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद र भिभिन्न तालिम सभा गोष्ठीमा सहभागी भएर अनुभब बटुलेका व्यक्ति हुन्।

खासगरी प्राय सबै सामाजिक कार्यमा सधै अग्रसर रहने मणिराज बिष्टले २०७२ सालको भूकम्पपछी  इन्जिनियर लिएर आफै स्थानीयको घर घर पुगेर पिडीतलाई आफ्नै अगुवाइमा राहात वितरण गरेका थिए । 

पछिल्लो समय १५ नम्बरका २४ वटा टोल  सुधार समितिसंग समन्वय गरी खुमलटारमा विभिन्न सामाजिक कामहरु गरिरहेका छन् ।  ललितपुर १५ को राजनीतिक संयन्त्रमा रहेर उनकै अग्रसरता सातदोबाटोदेखि खुमलटारसम्म बाटोमा सोलार बत्ती समेत जडान गरिएको थियो ।

ललितपुर महानगर पालिकाको १५ नम्बरका २४ वटा टोल  सुधार समितिसंग समन्वय गरी विभिन्न सामाजिक कार्य र बिकास निर्माणमा निकै सक्रिय समेत रहेको हुनाले बिष्टले टिकट पाउने सम्भावना बढेको कांग्रेस निकट श्रोतले बताएको छ ।

यस अघिका सबै स्थानीय निर्वाचनमा कांग्रेसले जित हात पारेको उक्त क्षेत्रमा दोश्रो संबिधान सभाको निर्वाचनमा पनि कांग्रेस नेता मदन बहादुर अमात्य बिजय भएका थिए । 

,

प्रतिकृया दिनुहोस्

Loading...