आरिफको अर्धसतकमा पारसको टिमको विजयी,, आरिफ र सौरभले लिए ६ विकेट

  • धनगढी, २ बैशाख ।

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा पारस खड्काको कप्तानीमा रहेको टिम चौराहा धनगढीले पहिलो जित निकालेको छ । धनगढीले काठमाडौं गोल्डेन्सलाई ११ रनले पाखा लगाएको हो । १ सय ३७ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो।

काठमाडौंका लागि बसन्त रेग्मीले २७ बलमा ११ रन, सोमपाल कामीले १८ बलमा २४ रन, रोहित कुमारले १३ बलमा १२ रन, सन्दीप झोराले २७ बलमा २८ रन बनाए । धनगढीका आरिफ शेख र सौरभ खनालले तीन तीन साथै रामनरेश गिरीले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट जाँदा १ सय ३६ रन बनाएको थियो । धनगढीका लागि राजु रिजालले १६ बलमा ११ रन, अनिल मण्डलले २९ बलमा २९ रन, आरिफ शेखले ४५ बलमा ५८ रन र सुभेन्दु पाण्डेले ८ बलमा १६ रन बनाएका थिए । काठमाडौंका सोमपाल कामी र मञ्जित श्रेष्ठले तीन तीन साथै बसन्त रेग्मी र सन्तोष भट्टले एक एक विकेट लिएका थिए ।

शनिबारको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको थियो । विराटनगरले कञ्चनपुर आइकोनिकलाई ५ विकेटले हराएको हो । कञ्चनपुरले दिएको ८१ रनको लक्ष्य विराटनगरले मात्र ९ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टाएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...