मायामी ओपन टेनिस : उपाधिका लागि फेडेररले नाडालसँग प्रतिस्पर्धा गर्ने
- काठमाडौं, १९ चैत्र ।
मायामी ओपन टेनिसको उपाधिका लागि विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका राफेल नाडालसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
शनिबार बिहान भएको सेमिफाइनलमा स्वीस फेडेररले निक किरिओसलाई ७–६, ६–७ र ७–६ को सेटमा हराएर फाइनलमा स्थान बनाएका हुन् । फाइनल खेल आइतबार बिहान हुनेछ । मायामी ओपनको फाइनल भेट फेडेरर र नाडालबिचको ३७ औं भेट हुनेछ ।
सातौं बरियताका नाडालले सेमिफाइनलमा ४० औं बरियताका फाबियो फोग्निनीलाई ६–१ र ७–५ को सेटमा हराएर फाइनलमा स्थान पक्का गरेका हुन् । १४ वटा ग्राण्डसलाम उपाधि जितेका स्पेनिस नाडालले अब उपाधिका लागि फेडेररसँग खेल्ने भएका हुन् ।
फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए । त्यो उनको १८ औं ग्राण्डसलाम उपाधि थियो ।
प्रतिकृया दिनुहोस्
Loading...