बलात्कारका बेला यौन आनन्द नभएकाको भन्दै बलात्कारीलाई यस्तो गरियो

  • एजेन्सी ।

मेक्सीकेली अदालतले १७ वर्षीयामाथि बलात्कारको आरोप खेपिरहेका एक व्यक्तिलाई आरोपमुक्त गरेको छ ।

२१ वर्षीय एक व्यक्तिले स्कूले छात्रालाई अपहरणपश्चात् बलात्कार गरेको भनी आरोप लागेको थियो जसलाई मेक्सीकोका न्यायाधिसले सफाइ दिएका छन् । ती व्यक्तिले उक्त क्षणमा आनन्द नलिएको भन्दै न्याधिसले उनलाई आरोपमुक्त गरेका छन् ।

वासिङ्टन पोष्टको रिपोर्ट अनुसार उक्त घटना नयाँ वर्षको पूर्वसन्ध्यामा भएको हो । आरोपी डियागो क्रुजले आफ्नो चारजना साथीसहित १७ वर्षीया किशोरीलाई अपहरण गरी उनीमाथि बलात्कार गरेका थिए ।

अचम्मित गरिदिने यस्तो निर्णयपश्चात् पीडितका बुवा जाभियर फर्नान्डेजले यस्तो प्रकारको कानूनी संरक्षण भए किशोरीहरु अपहरण र बलात्कृत हुने घटना निकै साधारण हुनेछ भनी स्थानीय मिडियालाई बताएका छन् ।

निकै सम्पन्न परिवारका बताइने क्रुज घटनापश्चात् स्पेन उडेको बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...