श्रीलंकाली कम्युनिस्ट पार्टीका नेताप्रति नेकपाको समवेदना

काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टीले श्रीलंकाली कम्युनिस्ट पार्टीका नेता अजित रुपासिंगे सुरेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । गत अप्रिल ३ मा निधन भएका शिलोन कम्युनिस्ट पार्टीका नेता सुरेन्द्रको निधनले नेकपालाई दुखीत तुल्याएको बताउँदै उनीप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ । 

 नेकपाका स्थायी समिति सदस्य तथा अन्तराष्ट्रिय विमाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चनले एक विज्ञप्ती जारी गर्दै नेता सुरेन्द्रले श्रीलंकामा फुट र बिभाजनमा परेको कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेको बताएका छन् । नेता सुरेन्द्र शिलोन कम्युनिस्ट पार्टीका यसअघि महासचिव समेत भएका थिए । 

उनले नेपाली जनयुद्धलाई सुरुदेखि नै समर्थन गरेका थिए । शिलो कम्युनिस्ट पार्टीका महासचिव एन. सन्मुगथासनको निधनपछि उनी सो पार्टीको महासचिव समेत भएका थिए । पछि उनैले पार्टीको नाम फेरेर शिलोन कम्युनिष्ट पार्टी ¬(माओवादी) राखेका थिए । 

विज्ञप्तीमा भनिएकाे छ, ''कमरेड शुरेन्द्रले नेपालको जनयुद्धलाई पहिले देखिनै समर्थन गर्नु भयो र त्यो समर्थन तत्कालिन कम्युनिष्ट पार्टी माओवादीको नेतृत्वले क्रान्तिकारी कार्यदिशा परित्याग नगर्दसम्म पुर्ण समर्थन गर्नु भयो । शुरेन्द्रले संयुक्त राज्य अमेरीमाका अध्ययन गर्ने समयमै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा काम गर्नु भएको थियो । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा वहा संधै क्रान्तिकारी लाईनमा रहनु भयो । शिलोन कम्युनिष्ट पार्टी क्रान्तिकारी अन्तराष्ट्रियतावादी आन्दोलन रिमको सदस्य रहेको थियो । माओवादी क्षेत्रीय संगठन कम्पोसामा कमरेड शुरेन्द्रले भाग लिनु भएको थियो । कमरेड शुरेन्द्रले श्रीलंकामा फुट र बिभाजनमा परेको पार्टीलाई एकताबद्ध गर्ने प्रयत्न गर्नु भएको थियो । कमरेड शुरेन्द्र त्यहाको यौटा होनेहार नेता हुनुहुन्थ्यो जो सिंहाला जातिबाट आएर तमिल जनताको आत्मनिर्णयको समर्थन गर्नु भएको थियो । हाम्रो पार्टी कमरेड शुरेन्द्रको निधन प्रति गहिरो समबेदना प्रकट गर्न चाहन्छ र शिलोन कम्युनिष्ट पार्टी (माओवादी) प्रति शोकलाई शक्तिमा बदल्ने अमियानमा ऐक्बद्धता जाहेर गर्दछ ।'' 

,

प्रतिकृया दिनुहोस्

Loading...