जनयुद्धका बेला झारखण्डको जंगलमा तालिमका लागि पुगेका थिए प्रचण्ड

  • एजेन्सी। 

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला भारतीय संचारमाध्यममा छाएका छन् । 

स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गराएको वा संविधान कार्यान्वयनसम्बन्धी एजेण्डा लगायतका विषयमा नभई एउटा फरक विषयमा उनी भारतीय संचारमाध्यममा छाएका हुन् ।

सशस्त्र जनयुद्धको समयमा तत्कालिन नेकपा माओवादीको अध्यक्ष रहेका ‘प्रचण्ड’ले भारतको झारखण्डमा भारतीय नक्सलवादीलाई हतियार चलाउन सिकाएको एक भारतीय नक्सलवादी नेताले दाबी गरेका छन् । सोही विषयका बारेमा भारतीय संचारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।

राँचीमा नक्सलवादीका कमाण्डर कुन्दन पाहनले ‘प्रचण्ड’सँग आफूले तालिम लिएको दाबी गरेका हुन् । भारतीय संचारमाध्यमले प्रहरी स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार कुन्दन पाहनले सन् २००० मा आफूले नेपालका माओवादी नेता ‘प्रचण्ड’सँग तालिम लिएको प्रहरीसमक्ष जनाएका छन् ।

पाहनले हालै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...