रुकमको चौरजहारीमा माओवादी उम्मेदवारको दोब्बर मत (हेर्नुहोस् ताजा अपडेट)

  • रुकुम । 

रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार विशाल शर्माले दोब्बर मतसहित अग्रता कायम गरेका छन् । शर्माले १२०५ मत पाएका छन् ।

नेकपा एमालेका मेयर पदका उम्मेदवार शेरवहादुर केसीले ८०६ मत पाएका छन् । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बलबीर गोसाईले ४८५ मत पाएका छन् ।

उप मेयर पदमा माओवादी केन्द्रकी राधा रोका १२३०, एमालेकी कल्याणी खड्काले ७८० र कांग्रेसकी मनीषा भण्डारीले ४८५ मत पाएकी छन् ।

वडाध्यक्षमा वडा नं. १४ मा माओवादी केन्द्रका अतिराम विष्ट र वडा नं. १३ मा नेकपा एमालेका टंक ओली विजयी भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...