लिबिया : डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

  • काठमाडौं । 
लिबियाली तट क्षेत्रमा एक डुंगा दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्र सञ्चारमाध्यमका अनुसार ५ सय अाप्रबासी सवार डुंगाको अचानक सन्तुलन बिग्रिएपछि करिब दुई सय जना समुद्रमा खसेका थिए । अधिकांशको उद्धार गरिए पनि केहीलाई बचाउन नसकिएको बताइएको छ । जसमध्ये ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

लिबियाको तटबाट करिब ३० समुद्री माइलको दुरीमा सो दुर्घटना भएको हो । ठूलो लहरका कारण सन्तुलन गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ ।

२०७४ जेठ ११ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...