यी हुन् फ्रान्सका सबैभन्दा कान्छा राष्ट्रपति

  • काठमाडौं, २५ बैशाख । 

फ्रान्सको नयाँ राष्ट्रपतिमा अहिलेसम्कै कान्छा इम्यानुअल म्याक्रोन निर्वाचित भएका छन् ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचनमा उदारवादी नेता म्याक्रोनले दक्षिणपन्थी पार्टी फ्रन्ट नेसनलकी नेता म्यारिन ल पेनलाई भारी मतअन्तरले पराजित गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्याक्रोनले ६६ दशमलव शून्य ६ प्रतिशत मत ल्याए भने पेनले ३३ दशमलव ९४ प्रतिशत मत प्राप्त गरे । फ्रान्समा ३९ वर्षको उमेरमा राष्ट्रपति हुने म्याक्रोन पहिलो हुन् ।

फ्रान्समा सन् १९५८ मा आधुनिक प्रजातान्त्रिक व्यवस्था सुरु भएयता परम्परागत रुपमा रहँदै आएका दुई ठूला पार्टीभन्दा बाहिरबाट राष्ट्रपति बन्ने म्याक्रोन पहिलो व्यक्ति बनेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका म्याक्रोनले फ्रान्सको इतिहासमा नयाँ समय सुरु भएको बताए । अबको समय विश्वास र आशाको समय बनाउन चाहेको उनले बताएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो सम्बोधन गर्दै म्याक्रोनले देशभित्रको भेदभाव अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले युरोपेली संघ र फ्रान्सेली जनताबीच सम्पर्क पुनस्र्थापित गर्ने बताए । उनले चरमपन्थी र जलवायु परिवर्तनको खतरासँग पनि जुध्ने उद्घोष पनि गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...