शिवपुरी मिनरल वाटर इन्ड्रष्टिजमा बम विष्पाेट हैन, अागजनी मात्रै हाे : प्रहरी

  • काठमाडौं ।

काठमाडौंको हात्तिगौडास्थित शिवपुरी मिनरल वाटर इन्ड्रष्टिजकाे बम विष्पाेट नभइ अागजनी भएकाे प्रहरीले जनाएकाे छ

साेमबार बिहानै इन्ड्रष्टिजकाे एक जीप र २ माेटरसाइकलमाथि अज्ञात समुहले अागजनी गरेकाे छ । 

चत्रपथबाट ५ किलोमिटरकाे दूरीमा रहेकाे बुढानिलकण्ठ – ८  हात्तिगौडामा रहेकाे इन्ड्रष्टिजमा समेत अागजनीकाे प्रयास भएकाे हात्तिगाैंडा इलाका प्रहरी कार्यालयका अस्इ युवराज उप्रेतिले इमान्दार मिडियालार्इ जानकारी दिएका छन् ।

अागजनी कसले र किन गर्याे ? भन्नेबारेमा अनुसन्धान सुरू भएकाे उप्रेतिले बताए ।

'अज्ञात व्यक्तिहरुले कारखानाको बा ६ च ११७२ नं. टाेयटा जीप र बा २६ प २८१३ नं. मोटरसाइकल अागाे लगाएर पुरै ध्वस्त बनाइएकाे छ ।' उप्रेतिले इमान्दार मिडियासँग भने, - 'अर्काे बा ५१ प ८७५६ नम्बरकाे माेटरसाइकलमा पनि अागाे  लगााइएकाे छ तर त्यति क्षती हुन पाएन ।'

यता स्थानियहरूले उक्त कारखानाका मालिक राम शरण भुकम्प पीडितको राहातमा आएको जस्ता पाता बेचेर खाने भ्रष्टाचारी भएकाे अाराेप लगाएका छन् ।

२०७४ बैसाख २५ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...