माल्कोट हत्याकाण्डको विरोधमा देशभर जनप्रदर्शन, दर्जनौं गिरफ्तार (फोटोसहित)

  • काठमाडौं  ।
कालिकोटको माल्कोट हत्याकाण्डविरुद्ध नेपाल कम्युनिस्ट पार्टीले गरेको विरोध प्रदर्शनका क्रममा राजधानीबाट आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका छन् ।

देशभर विरोध प्रदर्शन गर्ने पूर्वघोषित कार्यक्रम अनुसार मंगलबार दिउँसो २ बजे राजधानीमा गरिएको प्रदर्शनमा नेकपाका नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

गिरफ्तार पर्नेहरुमा अखिल नेपाल महिला संघकी महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’, सुदर्शन मंगोल, जय सिंह, एलके रायमाझी, लोकेन्द्र बिस्ट, देवी, विजयलगाएत रहेको नेकपा उपत्यका ब्यूरोले जनाएको छ । 

उनीहरुलाई विरोध घ्यालीसहित शान्तिबाटिकातर्फ आउनेक्रममा करिब साढे ३ बजे असनबाट दर्जनौं संख्यामा तैनाथ सुरक्षाकर्मीले बल प्रयोग गरेर गिरफ्तार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । गिरफ्तार गरिएका सबै जनालाई अहिले दरबारमार्ग र जनसेवा प्रहरीमा राखिएको छ ।

गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तत्काल बिनासर्त रिहा गर्न ब्यूरोले माग गरेको छ । रिहा नगरे कडा संघर्षको घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
त्यस्तै उता पोखरामा माल्कोट हत्याकाण्डको विरोधमा स्थानीय र नेकपा कार्यकर्ता विरोध सभा गरिरहेका बेला पृथ्वीचोकबाट १५ जनालाई गिरफ्तार गरेको छ । देशभर भएको प्रदर्शनमा दर्जनाै‌ प्रदर्शनकारीमाथि दमन र धरपकड भएको नेकपाले जनाएको छ । थप समाचार आउने जारी छ ।
गत ३१ गते स्थानीय तह निर्वाचनको क्रममा कालिकोटको माल्कोट नरहरिनाथ गाउँपालिकास्थित नन्दादेवी माविको मतदान केन्द्रमा प्रहरी र जनताबीच भिडन्त भएको थियो । सोहि क्रममा प्रहरीको गोली प्रहारबात धनरुप बटालाको ज्यान गएको थियो भने कुल बहादुर बटाला, दान बहादुर बटाला, र ब्यासी बिक अझै घाइते छन् ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिस्ट पार्टीले माल्कोट हत्याकाण्डविरुद्ध देशभर विरोध प्रदर्शन गर्दै
कालिकोट भिडन्त: जनताको जालमा यसरी फसे सुरक्षाकर्मी, कति चल्यो गोली, कति हरायो हतियार ? (पूर्ण विवरणसहित)

,

प्रतिकृया दिनुहोस्

Loading...