यी हुन मेस्सी र रोनाल्डोलाई विस्थापित गर्न सक्ने तीन खेलाडी

  • काठमाडौं ।

विश्व फुटबला चर्चित हस्तिहरू लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई विस्थापित गर्न सक्ने तीन खेलाडीको नाम सार्वजनिक भएको छ । 

गत १० वर्षदेखि उत्कृष्ट खेलाडी अवार्डमा मेस्सी र रोनाल्डोको दबाब रहँदै आएको छ । 

चेल्सीका २६ बर्षिय इडन हजार्डले स्काई स्पोर्टससँगको कुराकानीमा उनले भने ‘एक दिन मैले पनि बालोन डी’ओर जित्छु भन्ने आशा छ, तर नजिते पनि कुनै समस्या छैन ।’ आफ्नो करिअर राम्रो बनाउन प्रयास गर्ने र अरु खेलाडी पनि त्यसका लागि तयार रहेको उनले बताए । 

रोनाल्डो र मेस्सी सन्यास लिएपछिका केही वर्ष उत्कृष्ट खेलाडीको होडमा नेइमार, पाउल पोग्बा र एन्टोनी ग्रिजम्यान रहने उनको भनाई छ । यस्तै अर्जेन्टिनाका पाउलो डिबाला पनि राम्रो खेलाडी रहेको हजार्डको भनाई छ ।

२०७४ बैसख ३० मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...