माओवादीहरुका लागि खुसीको खबर, भरतपुरमा रेणुले जित्ने सम्भावना बढ्यो (हेर्नुस यस्तो छ कारण)

  • भरतपुर । 

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहाल विजयी हुने सम्भावना बढेर गएको छ । एमालेको पकड रेहका वडाहरुमा मतगणना सकिएसँगै माओवादी र काँग्रेस मतदाता बढी भएको क्षेत्रमा गणना सुरु भएको छ ।

१३ नम्बर वडाको मतगणनामै माओवादीले अग्रता लिने संकेत मिलेको छ । उक्त वडाबाट सुरु भएको रेणुको अग्रता अझै रोकिने छैन । १३ नम्बर वडामा गाउँ क्षेत्र र सुकुम्बासी बस्ती छ । त्यहाँ माओवादीलाई बढी मत आउँछ । १८ सय मतगणना सकिँदा रेणुले ८५१ र एमालेका ज्ञवालीले ५ सय २७ मत ल्याएका छन् । उक्त वडामा काँग्रेसको एक मत एमालेमा गएको छैन । १३ नम्बरको गणना सकिँदा रेणुले देवीसँगको मतान्तर ३५ सयबाट २५ सयमा झार्नेछिन् । १३ नम्बर वडाको २४ मत गणना हुँदा देवीको २६ हजार ८ सय ५९ र रेणुको २३ हजार ४ ९३ मत छ । देवी रेणुभन्दा ३३ सयले अगाडि छन् ।

१३ पछि २६ नम्बर वडाको गणना हुन्छ । २६ नम्बर वडामा माओवादी र एमालेको सहकार्य छ । उक्त वडा अध्यक्षमा एमालेले माओवादीलाई सघाएको हो । काँग्रेस, एमाले र माओवादीको मत आउँदा त्यहाँबाट ३ सयले अग्रता लिनेछिन् । दोश्रो संविधानसभा निर्वाचनमा एमालेको तुलनामा सुशील कोइरालालाई धेरै मत आएको क्षेत्र हो । प्रचण्डको नातागोता र रेणुको मामाघर भएको क्षेत्र पनि त्यही हो । चार हजार ४१ मत उक्त क्षेत्रमा रेणुलाई मात्र कम्तिमा २५ सय मत ल्याउने अनुमान गरिएको छ ।

१४ नम्बर वडा पनि माओवादी–काँग्रेस गठबन्धन बलियो भएको क्षेत्र हो । त्यहाँ ६ नम्बर वडाको गीतानगरमा जस्तै मत आउने आंकलन गरिएको छ । उक्त क्षेत्र काँग्रेसको गढ हो । त्यहाँ ५ हजार मतदाता छन् । त्यति मात्र नभएर प्रचण्डको आफ्नै गाउँ पनि हो । उक्त वडामा देवीले भन्दा रणुले १ हजार मत बढी ल्याउेछिन् । १५ नम्बर वडा पनि काँग्रेसकै गढ हो । १५ नम्बर वडाको मतगणना सकिँदा रेणुले ज्ञवालीको अग्रता शून्यमा झार्ने अनुमान गरिएको छ ।

१३, १४ १५ गन्दा बराबरी हुनेछ भने १७, १८, १९, २० नम्बर वडा पुरानो चित्रवन नगरपालिका हो । त्यो काँग्रेसको पकड क्षेत्र हो । प्रचण्डले अध्ययन गरेको रामपुर कृषि क्याम्पस सोही क्षेत्रमा हो । तुलनात्मक रुपमा सो क्षेत्रमा राजनीतिक संस्कार भएका काँग्रेस मतदाता छन् । त्यसैले अन्यत्रजस्तो भोट क्रस भएर एमालले उम्मेदवारलाई जाने सम्भावना कम छ । १ देखि ५ नम्बर वडासम्म गन्दा देवी रेणुभन्दा दुई हजार मतले अगाडि थिए ।

६ नम्बर (गीतानगर) मा गएपछि रेणुले २ हजारको अग्रतालाई तोड्दै १ सयमा झारेकी थिइन् । हालको निर्वाचन क्षेत्र नम्बर ४ को चित्रवन लगायत वडा जस्तै १४, १५, १७ , १८, १९ २० र २१ मा काँग्रेस बलियो छ । २६ नम्बर वडा पनि काँग्रेसकै मतदाता बढी भएको क्षेत्र हो । १६ नम्बर वडामा काँग्रेस र एमालेले बराबरीजस्तै मत लिनेछन् । तर, उक्त वडामा प्रधानमन्त्री प्रचण्डले १८० घरधुरी सुकुम्बासीलाई केही महिनाअघि मात्र गज्जाधनी पूर्जा बाँडेका थिए । सोही कारण यसपटक माओवादीले राम्रै मत लिने सम्भावना छ । एमालेको पकड भएको ११ र नम्बर वडाको गणना भइसक्यो । २२, २३, २४ २५, २७, २८, २९, एमालेको पकड क्षेत्र हो । त्यसमध्ये ११, १२ तथा २७, २८ २९ को गणना सकिएको छ । बाँकी २२, २३, २४ र २५ मा एमाले र माओवादीको प्रतिस्धर्पा छ । ती क्षेत्रबाट पनि रेणुले केही मतले अग्रता लिन सक्नेछिन । तर ती वडामा मतदाता संख्या वडाहरुमा भन्दा कम छ ।

२७, २८, २९, ११ र १२ गन्दा कम्तिमा ६ हजारले एमालेले अग्रता लिएको भए रेणुको जित कठिन थियो । एमाले आफैंले ती वडा गनिसक्दा जित्नका लागि कम्तिमा ५ हजार मतले लिड गर्नुपर्ने पूर्वानुमान गरेको थियो । तर, एमालेको अनुमान फेल खायो । देवी रेणुभन्दा ३३ सयले माज्ञ अग्रता लिन सफल भए । एमालेकै हिसाबलाई आधार मान्ने हो भने पनि रेणुले कम्तिमा १३ सय मतले चुनाव जित्छिन् । १४ देखि २१ वडासम्मको गणना हुँदा रेणुको मत अत्यासित रुमपा बढ्ने छ ।

१५ नम्बर वडाको शिवनगर, फुलबारी, पटिहानी, शान्तिपुर क्षेत्र माओवादी एक्लैको बर्चश्व भएको क्षेत्र हो । ती क्षेत्रमा काँग्रेसको मत थपिँदा रेणुले देवीलाई करिब १० हजारले अग्रता लिने छिन् । २२ र २३ मा एमाले र माओवादीको प्रतिस्धर्पा छ । २४ र २५ मा माओवादी अगाडि आउने छ । साविकको जगतपुर २४ र शुक्रनगर २५ नम्बर वडा हो । जहाँ माओवादीको सांगठनिक आधार मजबुत छ । करिब ३ देखि हजार मतान्तरले रेणुले जित्ने आंकलन गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...