म बनाँउछु मेरो सराङ्कोट "द ग्रेटर सराङ्कोट"को बृहतर अबधारणा ।


सुर्य बहादुर खडका ।

सराङ्कोट बिकासको एक खाका 'द ग्रेटर सराङकोट'को अबधारण । 

विश्वमा पर्यटन आक्रषणको दृष्टिकोणले प्रमुख गन्तब्य स्थल र भ्याँलीसगै जोडीए पनि बिकासको आँखाबाट हेर्दा अहिले सम्म अपेक्षीत गति लिन नसकेको धेरै कारण मध्य मुख्य माथिल्लो तहमा राजनीति पकड कम हुनु र जनस्तरबाट पनि प्रयाप्त दबाब नपुग्नु होला । 
मानव बिकास र समाज बिकासका सुचकहरुलाई नियाल्दा अब सराङ्कोट बिकासको अबधारण लाई यसरी पनि अगाडी सार्न सकिन्छ । 

शिक्षा तर्फ 

१) समाज बिकासको मुख्य आयम नै शिक्षा हो । 

अहिले देशब्यापी रुपमा सरकारी बिधालयमा बिधाथी सख्या अतिनै कम हुनाले बिधालयहरुको अबस्था खस्किदो छ ,यसको प्रभाबलाई कम पार्न प्रत्येक टोल टोलमा अबिभाबक ,शिक्षक र बिद्यार्थीको संयुक्त जागरण अभियान सन्चालन गर्ने । 

२) अहिलेको युग बिज्ञान र प्रविधिको युग हो , त्यसर्थ जनजागृत मा.बिलाई नगरस्तरिय प्राबिधिक क्याम्पसको रुपमा बिकास गरि कृषि शिक्षामा बिशेष जोड गर्ने र शान्त मा.बिलाई विद्युतीयकरण(ईनटरनेट) युक्क्त शिक्षण बिधिमा आधारित नमुना बिज्ञान तथा प्रबिधि क्याम्पसको रुपमा बिकास गर्ने ।
३) यँहा अबस्थित सबै शैक्षिक सँस्थालाई सम्मान ब्यबहार गर्ने नीति अबलम्वन गरी निजि बिधालयमा पनि गरिब किसानका छोराछोरी पद्न सक्ने गरि शुलभ शुल्क कायम गर्न सम्बन्धित निकायँसग आबस्यक समन्बय गर्ने । 

४) उमेर पुगेका सबै बालबालिकाहरुलाई अनिवार्य बिधालय जाउन भन्ने उदेश्यकासाथ यँहा क्रियाशिल सबै गै .स .सजस्तै सिद्धाथ क्लव लगायतसग आबस्यक सहकार्य गर्नेनीति लिने । 

५) राज्यको प्रत्यक्ष लगानी रहेको सरकारी बिधालयहरुलाई थप समृद्धिकरण र प्रोत्साहन गर्दै बाध्यकारी आवस्यकता सिर्जित भएमा निजि शैक्षिक संस्थालाई सहज अबतरणका निम्ति उचित ब्यबस्थापन गर्ने नीति लिने । 

६) बिपन्न र द्लित छात्र र छात्रालाई नीरन्तर बिधालय जान निशुल्क शिक्षा साथै अध्यान सामग्री उपलब्ध गराउँन सिद्धाथ क्लव , गुणस्तरिय जीवन नेपाल,नेपाल हाँउस सँग आबस्यक सहकार्य गर्ने ! ७)सबै को लागि शिक्षा रास्ट्रको लागि शिक्षा भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्ने । 

८) प्रत्येक शैक्षिक संस्थामा प्रयोगआत्मक शिक्षण विधि अनिवार्य अबलम्बन गर्न आवस्यक पहल गर्ने ।
९) अबिभावकको सरकारी बिधालय प्रति बददै गएको नकरात्मक सोच लााई परिबर्तन गर्न शिक्षकलाई आफ्नो जिम्मेवारि प्रति थप प्रोत्साहीत गर्ने नीति लिदै स्तरिय शिक्षा दिन समन्धित निकायसँग समन्वय गर्ने ।  

स्वास्थ तर्फ 

१० 'स्वास्थ नेपाली स्बाच्छ नेपाल' को मर्म अनुरुप नीति तजुमा गर्ने । 

२) भ्यालीबाट नजिक भएर पनि कतिपय बस्तीहरुमा (अर्मजा खोत्रा , पदेलि , ढकाल थर , सुन्दर पोखरी,कपासे ,बाझाखेत ) लगायतमा अझै सवारी साधनको पहुच सहज पुग्न सकेको छैन र बेलामा उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको छ त्यसर्थ यँहा रहेको स्वास्थय चौकीको स्तर उनन्ति गरि उपयुक्त स्थानमा न्युनतम 

१६ सैयाको प्रसुती सेवासहितको अस्पताल स्थापना गर्ने दीर्घकालीन पि .पि.पि मोडलअबलम्बन गर्ने । 

३) गैर सरकारी सस्थाहरु नेपाल हाउस ,सिद्धार्थ क्लब, गुणस्तरिय जीवन नेपालसँग सहकार्य गरेर तत्कालका निम्ति माथिल्लो भेगमा एमबुलेन्स सन्चालन गर्न आवस्यक पहल गर्ने । 

४) आवस्यकता अनुसार मासिक बा त्रैमासिक रुपमा लायन्स र रोटरी क्लवसग सहकार्य गरि केही दुर्गम बस्तीहरुमा घुम्ती शिबिर सन्चालन गर्ने ब्यबस्था गर्ने । 

खानीपानी तर्फ 

१) प्रत्येक टोल टोलमा स्बाच्छ खानेपानीको ब्यबस्था गर्न आबस्यक पहल गर्ने । 

२) धम्पुस रास्ट्रीय खानेपानी योजनाको थप क्षमता वृद्धि गर्न केन्दिय निकाय र गै.स.सहरु सगआबस्यक पहल गर्ने ।

३)   सराङकोट को एक मात्र ठूलो खानेपानी आयोजन (बुडीमुल जिबिस दर्ता) जुन अहिले सन्चालनमा छ। यसलाई थप ब्यबस्थित गरेर माथिल्लो भेगमा वरिपरिका केही बस्तीहरुमा हाई प्रबिधियुक्त लिफटिङ विधिबाट खानेपानीको ब्यबस्था गर्न आबस्यक पहल गर्ने । 

४) छ्दी,फ्याउरे ( बुडिमुलमा जोडन सकिने) ,तोरीपानी ,खोत्रा, गोठादी, सराङकोट टप, सौरे खोला,मेथलाङ लगायतका बस्तीहरुमा तत्काल पानीको स्थानिय श्रोत पहिचान गरि थप आवस्यक ब्यबस्था गर्न पहल गर्ने ।

५)  हरेक बस्तीमा एक बटुबा केन्द्रित सार्वजनिक धारा र शौचालय निर्माण गर्न सम्बन्धित टोल बिकास संस्थालाई प्रोत्साहन गर्ने । 

६)  खुल्ला दिशामुक्त क्षेत्र घोषण भईसकेकाले त्यसको निरन्तरताको लागि आबस्यक पहल लिने । 

सडक तथा यातायात तर्फ 

१)  सबै किसानको साथी 'कृषि सडक' लाई फुटपाथ र सोलार लाईट जडित ४ लेनसहितको स्तरीय सडकमा स्तर उन्नतिका लागि RAIDP र केन्दीय निकायमा थप पहल गर्ने ।
२) सडक तथा यातायात तर्फ १)सबै किसानको साथी 'कृषि सडक' लाई फुटपाथ र सोलार लाईट जडित ४ लेनसहितको स्तरीय सडकमा स्तर उन्नतिका लागि RAIDP र केन्दीय निकायमा थप पहल गर्ने । 

२)  खपौदी- पदेलि - सराङ्कोट टप पर्यटन ग्रा.स को स्तर वृद्धि को लागि जि.बी. स ,महानगरपालिका सँगआवस्यक पहल गर्ने ।

३)  भकुणडे -भञज्याङ-तोरीपानी ग्रा.स को स्तर वृद्धि गरि बैकल्पिक कृषी सडकको रुपमा बिकास गर्न पहल गर्ने । 

४) भैरब मार्ग सडकलाई नमुना सडकको रुपमा बिकास गरि (काठ-भ्याली) जोडने मैत्री सडकको अबधारण अनुसार गर्ने गरी पहल गर्ने । 

५) सा-साना छोटो दुरिका भित्री बाटोहरुलाई जनता को सक्रियतामा निर्माण तथा मर्मत गर्न प्रोत्साहन गर्ने । 

६) नँया बाटो खन्दा प्राकृतिक सम्पदा जस्तै ताल तलैया ,बन जङगल लगायतलाई असर नहुने गरि गर्न सक्त नीति दीर्घकालीन रुपमा तजुर्मा गर्ने । 

७) बर्सेनि सडक दुर्घटनाको पिडा बेहोर्नु बाध्य भएका यस क्षेत्रका जनतालाई यो महाबिपत्तिवाट मुक्त गर्न स्तरिय भाडाका सवारी साधन सन्चालन गर्दै हरेक सवारी चल्ने सडकमा प्रत्येक ३०-३० मिनेटमा सम्बन्धित शटेसनबाट गाडी छुटने गरी सडकको स्तर थप सुदृढ गर्न सम्बन्धित निकायसग आवस्यक समन्वय गर्ने ।

पर्यटन तर्फ 

१) " सराङ्कोटको शान पर्यटनमा नाम" भन्ने मुल मन्त्रलाई बिकासको केन्द्रमा राख्ने । 

२) पर्यटन पुर्बधार बिकासका निम्ति उपयुक्त स्थानहरु छ्नोट गरि मुल्त पर्यटक प्रबेश मुल केन्द सराङकोट टप वरीपरी प्रदेश स्तरीय 'उच्च सुविधायुक्त बृहत् पर्यटन परियोजना 'निर्माण गर्न आवस्यक पहल गर्ने ।

३) पर्यटक सराङ्कोट प्रबेश गर्ने बिन्दबासिनी, सेदि, खपौदी भकुणडे लगायत का स्थानहरुबाट टप सम्म मार्ग निर्देश वा होडिङ बोर्ड निर्माण गरि आवत जावतमा सहज गर्ने गरि आबस्यक पहल गर्ने । 

४) सराङ्कोट स्तरिय 'पर्यटन समिती' र 'होटल सन्चालक समिति' गठन गर्ने । जसले पर्यटन प्रबर्द्धनका निम्ति महत्व भमिका खेल्छ । 

५) "जाँउ है सराङ्कोट" भन्ने नारा अनुरुप रास्ट्रीय पुजिपतीहरुलाई सराङ्कोटमा तारे होटल, केबल कार,टेक्सटाएलस लगायतमा ब्याबसाहिक लगानी गर्न प्रोत्साहन गर्ने अभियान सन्चालन गर्ने । 

६) साबिक-७ ,जाउँनबोटमा ६६ रोपनी जग्गामा प्रदेश स्तरिय बृहत पर्यटन मियुजीयम निर्माण गर्न आबस्यक पहल गर्ने । 

७) ठमेल - लेक साईड - सराङ्कोट लाई सिधै जोडने "हाई टेक्नोलोजी कनटेकट सभिसलाई सक्रियता पुबक प्रयोगमा ल्याँउन बिशेष पहल गर्ने । होटल समीतिको अगुवाईमा । 

८) हाल सन्चालन रहेका प्यारागलाईडिङ कम्पनिहरु र बन्जि जम्प कम्पनिहरुलाई सह्ज र निर्बाध तरकाले ब्यबसाय गर्ने बातबरण बनाई त्यँसबाट सङकलित राजस्वको ठूलो हिस्सा यँहिकै बिकास निर्माणमा लगानी गर्ने गरि महानगरपालिकासँग आवस्यक पहलसहित को सङर्घष गर्ने । 

९) केही उपयुक्त बस्ती,ठाँउहरुलाई 'होम ईसटे र ईको-टुरीजमस अवधारणामा बिकास गर्ने ।

(प्रथामिक्ता.साबिक बडा-१,३,५,८) १०)सराङ्कोट एक महत्वपुर्ण पर्यटन गन्तबय भएकोले यसको सुन्दरतालाई कायम राखी राख्न प्रत्येक टोल बिकास सस्थालाई परिचान गरेर सो-सरसफाई गर्न प्रोत्साहन गर्दै त्यसँबाट सन्कलित फ़ोहोरलाई सके दैनिक नत्र प्रत्येक ३/३ दिनमा नगरपालिकाको फ़ोहोर संकलनका लागी गाडी अनिवार्य सन्चालन गर्न आवस्यक पहल गर्ने । (आंशिक रुपमा केही बस्तीमा लागूभएको त छ तर नातिजाबिहिन ) 

कृषी तर्फ 

१) कृषि,पर्यटन एक अर्काको परिपुरक को रुपमा स्थापित छ्न। 

२) किसानलाई मौसमि खेती गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ बिउँभिजन को कार्यक्रमलाई प्रथामिक्तामा राखि गै.स.हरुसँग सहकार्य गरि बिशेष बजेटको लागि पहल गर्ने ।
३) सामुहिक र ब्याबसाहिक खेती गर्ने किसानलाई सस्तो ब्याज दरमा ऋण उपलबध गँराउन यँहा क्रीयाशिल बितिय सस्था जस्तै भावना सहकारी, सर्बहित सहकरी र साना किसानसँग आवस्यक सहकार्यको नीति अबलम्बन गर्ने ।
४) सबै किसान लाई सशक्त र सबल बनाँउन विभिन्न बिधामा कृषी अभिमुखिकरण तालिम दिने ब्यबस्था मिलाउन गै .स .स सग सहकार्य गर्ने।
५) कृषिमा आधुनिकरण को नितिलाई आत्मासात गर्दै हाते टयाकटर , पानी तान्ने पम्प आदिलाई सामुहिक उपयोग गर्ने गरि उपल्ब्ध गराँउन आबस्यक पहल गर्ने ।
६) विभिन्न टोल टोलमा शुलभ मुल्य को दैनिक उपयोग्य बस्तुको पसल र किसानले उत्पादन गरेको कृषि सामाग्री संकलन गरि बजार सम्म ल्याउँनका निम्ति आवश्यक ब्यबस्था मिलाउने । 

लंक्षितबर्ग तर्फ (युवा, महिला, जनजाती, द्लित ,वृद्ध आदि) 

१) फेबातालको किनारमा आधिन कालदेखि बसोबास गर्दै आएको जलारी समुदायको आय स्तर बढाउन बैज्ञानिक र ब्याबसाहिक मत्सय पालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम , शैक्षिक र बौदिक बिकासका लागि सशक्तिकरण र केही प्रत्यक्ष तत्काल आय आर्जन गर्ने कार्यक्रम जस्तै फेवातालमा माछाका भुरा छाडने कार्यक्रम तर्जमा गर्न बिशेष पहल गर्ने ! 

२) साबिक वडा -९ सुकुम्बासी बस्ती,रोटेपानी ,बडा न-३ सुन्दर पोखरी ,बडा न-४ भकुणडे आदिका बिपन्न र द्लित समुदायलाई जीवन उपयोगि सिपमुलक तालिम र तत्काल आय आर्जनमुलक जस्तै ( हलो बितरण ,बाजा बितरण ,आरन बितरण )आदि कार्यक्र्म तजुर्मा गर्ने । 
३) युबा बेरोजगार समस्यालाई सापेक्षीत रुपमा हल गर्न सामुहिक ब्यबसाहिक नीति उपयुक्त देखीएकोले गाई पालन, भैंसी पालन, कुखुरा पालन, बाख्रा पालन, मत्सय पालन र मैसमि तरकारी खेती आदिमा कम ब्याज दरमा बिना धितो ३-५लाख सम्म ऋण उपल्ब्ध गराउँने र १लाख सम्म कृषि अनुदान रकम उपलब्ध गराँउन बितिय संस्थाहारु, गै.स.स सग आबस्यक सहकार्य गर्ने । 

४) सराङ्कोट स्तरिय 'हाई प्रविधियुक्त बृहत खेलकुद मैदान' निर्माणका लागि उपयुक्त स्थान छनोट गर्ने गरी जिल्ला खेलकुदसग आबस्यक सह्कार्य गर्ने । 

५) महिला को ब्यतिगत सीप, क्षमता र आय स्तर वृद्धि गर्न विभिन्न तालिम र अभिमुखीकरण कार्यक्रम तजुर्मा गर्ने । (सिलाई बुनाई ,ब्युटी पार्लर,मैन ,कम्प्युटर आदि) 

६) युवा र महिलालाई सामाजिक संघ संस्थामा ईच्छा भएमा प्राथमिकताका साथ नेतृत्व हस्तान्तरण गर्न सक्ने उपयुक्त बाताबरण बनाउने । 

७) जेस्ठ नागरिकहरुलाई सामजिक र पारिवारिक स-सम्मानका साथ बाच्न पाँउने गरी सामाजिक जागरण अभियान सन्चालन गर्ने । 

८) अहिले हाम्रो समाजमा निकै तिब्र गतिमा बददै गएको सामाजिक बिकृती जस्तै जुवा तास ,मदिरा पान, लागूऔषधबाट युवा बर्गलाई टाढा राख्न आमा समुह र युवा क्लवको सक्रियतामा जागरण तथा नियन्त्रण अभियान प्रत्येक बस्तीमा सके एकसाथ चलाउँने साथै युवालाई सो-रोजगारको लागि प्रोत्साहन गर्ने । 

सुरुवात साबिक वड न -९,२ र ४ (माथिल्लो भेग) ,८,३) सार्वजनिक सम्पत्ति संरक्षण 

१) प्रति सार्बजनिक जग्गा संरक्षण यँहाको मुख्य चुनौती हो । 

२) भकुणडे वरिपरिको लगभग १ हजार रोपनि ,सराङ्कोट टपको ५६ रोपनि, सिद्धको थुम ६६ रोपन ,माताको मणी को १० रोपनि , जाँउनबोट ६७ रोपनि र अन्य छुटपुट गरि हजरौ रोपनि अर्बौ रुपौया पर्ने प्रती सार्बजनिक जग्गा रहेको हुनाले भु-माफीयाबाट यसको पुर्ण रुपले संरक्षण गर्न बिशेष एकदुवार प्रशासनिक नीति तजुर्मा गर्ने । 

३) फेवातालको प्राकृतिक सुन्दरताको संरक्षण गर्दै यसको नाममा ठगी खाने गै.स.स लाई अनुगमन गरि थप सक्त नीति अवलम्बन गर्ने । 

४) सामुदायिक बन जङगलको संरक्षण गरिजैबिक विविधताको मह्त्बलाई प्राथमिकता दिनेगरि बिशेषसक्त नीति तजुर्मा गर्ने । 

५) धार्मिक तथा सास्कृतिक सम्पदा जस्तै मठ मन्दिर, गुम्बा, चर्च आदिको उपयोगिताको आधारमा संरक्षण र प्रबर्द्धन गर्न आबस्यक पहल गर्ने। (शिव मन्दिर सराङ्कोटलाई प्राथमिकता ) 

सुकुम्बासी ब्याबस्थापन साबिक बडा न-९ सुकुमवासी बस्ती, लामा गाउँ, रोटे पानी, बडा न-२ फ्याउरे र खपौदी, बडा न -४ भकुनडे आदिमा सुकुम्बासी समस्या रहेकोले यसको उचित छानबिन सहितको ब्याबस्थापन गर्न जिल्ला सुकुम्बासी आयोग र सम्बन्धित निकयमा आबस्यक पहल गरि यो समस्या हल गर्न बिशेष नीति तजुर्मा गर्ने । 

प्राकृतिक प्रकोप 

१) बाढिपहिरोले बिगत २०६४ साल देखि यस क्षेत्रका जनताका दिमागमा काँडा बनेर गडेको यो समस्या तत्कालिन र दिघकालिन दुई चरणमा थप संरक्षण सम्बनधित बृहत परियोजना तजुर्मा गर्न गैर सरकारी सस्था जस्तै हिमाली बाल कल्याण सरक्षण मन्च, नेपाल हाउस लगायत सँग आवस्यकता अनुरुप सर्बपक्षिय पहल र सहकार्य गर्ने । (साबिक वडा न-७,२,४ को तल्लो भेगलाई प्राथमिकता दिने ) 

२) चटयाङबाट यस क्षेत्रमा बर्सेनि मानब क्षति हुने गरेको छ खास गरि सराङकोट टप वरीपरी यसलाई नियुनीकरण गर्न आत्याधुनिक 'हाई टेक्नोलोजी लाईट रिफ्लेकटर'प्रयोग गर्न सम्बन्धित निकायलाई बाध्य बनाउने नीति अबलम्वन गर्ने । 

अन्य समग्र बिकास अल्पकालिन र दीर्घकालीन दृष्टिकोणको आधारमा "सुखी नेपाली , सम्बृद नेपाल" को बृहत अवधारणा अनरुप हुने ।

खडका पोखरा लेखनाथ महानगरपालिका-१८ सराङ्कोट भकूणडेका स्थानीय सामाजिक सगुवा हुन्

प्रतिकृया दिनुहोस्

Loading...