कमल थापाको पार्टी पूर्वराजा ज्ञानेन्द्र शाहले फुटाउन खोजेपछि...

  • काठमाडौं, १८ वैशाख ।

राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको टिप्पणी गरेका छन् । आजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

‘जसका लागि भन्दै हामी हिँड्यौं, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइन, यसमा हामी सबै प्रष्ट हुन जरुरी छ,’ थापाको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘राप्रपा विभाजन गर्न सांसद्हरुलाई भड्काउन लागेका छन् । यो हामीलाई मान्य छैन ।’

राप्रपाले मान्यताका लागि राजसंस्थाको पक्षमा आवाज उठाएको तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए ।

बैठकमा केही सांसद्ले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरु सागर तिमिल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोस पोखेका थिए । स्रोतका अनुसार सांसद् तथा पूर्वमन्त्री रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारबाहीका लागि राप्रपाले प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...