तीन वर्षदेखि आइएसको कब्जामा रहेका ३६ जना रिहा

  • काठमाडौं, १८ वैशाख ।

तीन वर्षदेखि विद्रोही समूह इस्लामिक स्टेट (आइएस) को कब्जामा रहेका ३६ जना रिहा भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।  

रिहा हुनेमा बालबालिका, महिला र पुरुष रहेका छन् । उनीहरुलाई कुर्द लडाकुको प्रभाव रहेको इराकको दोहकको राष्ट्र संघको शिविरमा राखिएको छ । तर राष्ट्र संघले उनीहरुको रिहाई कसरी भयो भन्ने बारे जानकारी दिएको छैन । 

केहीले आफै भागेको बताए पनि केहीले आईएसले नै मुक्त गरेको बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  राष्ट्र संघले आइएसको कब्जामा रहेका अरु नागरिकको रिहाईमा समस्या पर्न सक्ने भन्दै कुनै जानकारी गराएको छैन ।  

आइएसले सन् २०१४ मा हजारौँ नागरिकलाई कब्जामा लिएको थियो । आइएसको कब्जामा अझै १७ सय महिला र किशोरी रहेको अनुमान गरिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...