धुर्मुसकी सासुआमा अर्थात् सुन्तलीकी आमा अस्मिता घिमिरे माओवादी केन्द्रबाट उपमेयरमा उमेद्बार


काठमाडौं, २० बैसाख ।

नेपाली हास्य क्षेत्रका चर्चित कलाकार एवं समाजसेवी धुर्मुसकी सासुआमा तथा सुन्तलीकी आमा अस्मिता घिमिरेले गोदावरी नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी छिन।

माओवादी केन्द्रले नयाँ संरचना निर्माणमा लागेको, नेपालमा गणतन्त्र ल्याएको, नयाँ सबिधान जारी गरेको लगायतका सबै काममा माओवादीको बिकल्प नभएको भन्दै आफुले उमेद्बारी दिएको उनले इमान्दार मिडियालाई बताइन।

चुनाव जित्नु हुन्छ त ? भन्ने प्रश्नमा उनले भनिन- 'यो देशको बिकासको लागि माओवादीको बिकल्प छैन । माओवादीको कारण नै यो देशमा बिकास र समृद्धी संभव छ त्यसकारण मैले चुनाव जित्छु ।'

उक्त नगरपालिकाकी उनि सशक्त महिला उम्मेदवारको रुपमा छिन । सामाजिक क्षेत्रमा क्रियाशील उनले कांग्रेस, एमालेका उपमयेरलाई सजिलै जित्ने विश्लेषण गरिएको छ।

,

प्रतिकृया दिनुहोस्

Loading...