गायक संकरसिंहले गायिका चाँदनी मल्ललाई एकै नजरमा प्यार गरेको खुलासा गरेपछि (भिडियोसहित)


काठमाडौं, बैसाख ।

देउडा गायक संकरसिंह बिष्टले आफ्नी मायालु चाँदनी मल्ललाई एकै नजरमा प्यार गरेको खुलासा गरेका छन् । चर्चित देउडा गायिका चाँदनी मल्लको 'मेरी मायालु' बोलको गीतमा उनले यस्तो खुलासा गरेका छन् ।

सुप लोक संस्कृति संरक्षण मंचले बजारमा ल्याएको यस रोमान्टिक देउडा गीतमा शब्द गायक बिष्ट र संगीत गायिका मल्लकै रहेको छ । कलाकार दम्पती द्वय बिष्ट र मल्लसंगै विपिन घिमिरेले यस गीतमा आवाज दिएका छन् ।

यसअघि बिभिन्न लोक देउडा, लोक दोहोरि तथा फिल्मी क्षेत्रका दर्जनौं गीतहरुमा स्वर दिएकी चर्चित गायिका मल्ल सुदूरपश्चिमेली भाषामा पहिलोपटक निर्मित 'गौरी र छाउपडी' फिल्मकी नायिका समेत हुन् ।

संगीतबाटै मास्टर्स गरिरहेकी गायिका मल्लको आधुनिक गीत पनि बजारमा आउने तयारीमा रहेको छ ।

हेर्नुहोस् भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...