कांग्रेस केन्द्रिय कार्यालयमा प्रकाशमान र इन्द्रमान समूहबीच कुटाकुट

  • काठमाडौं, १९ बैसाख ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा कुटाकुट भएको छ । स्थानीय निर्वाचनमा उम्मेद्वारको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको हो ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन उम्मेद्वार चयनमा प्रकाशमान सिंह पक्षले एकलौटी कब्जा जमाएको भन्दै नाराबाजी भइरहेको भन्दै प्रकाशमान पक्षका अनिल श्रेष्ठलाई कुटेका हुन् । उनलाई पिट्ने इन्द्रमान महर्जन समूहको भएको बताइएको छ ।

एक नेताका अुनसार कांग्रेस पार्टीको बैठकलाई प्रहरीले बाहिरबाट सुरक्षा दिइरहेको छ । श्रेष्ठमाथि आक्रमण गर्‍यो,’ पार्टी नेता प्रज्वल थापाले भने, ‘अहिले घटनमा प्रहरीले हस्तक्षेप गरेको छ ।’

,

प्रतिकृया दिनुहोस्

Loading...