कम्युनिष्ट पार्टीका जिल्ला सचिवसहित २५ नेता कार्यकर्ता रुकुमबाट गिरफ्तार

  • रुकुम,१९ बैसाख ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित २५ नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।

रुकुमको आठविसकोटबाट पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सहसेक्रेटरी गम्भीर, हिरामणि रावल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दीपक विष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिविष्णु ओलीसहित २५ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

मंगलबार दिउँसो आठविसकोट नगरपालिकाको राडीबजारबाट नियन्त्रणमा लिइएको थियो । त्यसैगरी उपप्राध्यापषक ओलीलाई सदरमुकाम खलंगाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनिहरुलाई चुनाव विरोधी गतिविधि गरेको प्रहरीले अारोप लगाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...