सुनचाँदीको भाउ घट्यो

  • काठमाडौं, १९ वैशाख । 

केही दिन यता सुनचाँदीको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएकाले नेपाली बजारमा पनि सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले सस्तिएर ५४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर तोलामा ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

विवाहको लगन भएकाले सुनचाँदीको कारोबार बढ्न थालेको पनि महासंघले जनाएको छ । अहिले दैनिक २५ किलोको हाराहारीमा सुनको माग रहेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...