शीर्ष नेता हत्याको योजना बनाएको भन्दै डिआईजी नवराज सिलवालमाथि लाग्यो गम्भीर आरोप !

  • काठमाडौं ।

प्रहरीका डिआईजी एवं प्रहरी महानिरीक्षकका दाबेदार नवराज सिलवालमाथि रानजीतिक दलका शीर्ष नेताको हत्या योजना बनाएको आरोप लागेको छ ।

सिलवाललाई प्रहरीले केही समयअघि महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्धा प्रभावित गर्ने मनसायसहित सर्वोच्च अदालतमा कार्यसम्पादन मूल्यांकन किर्ते गरी बुझाएको आरोपमा पक्राउ गरेको थियो । यद्यपि सर्वोच्चको बन्दी प्रत्यक्षीकरण आदेशमा सिलवाल सोही दिन रिहा भएका थिए । त्यसयता उनी घरमै आराम गरिरहेका छन् ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सिलवालमाथि छानबिनका लागि डिआईजी विजय भट्ट नेतृत्वमा गठित छानबिन समितिले बयान लिने क्रममा शीर्ष नेताको हत्या प्रयास गर्न लागेको सूचना आएको भन्दै सिलवालमाथि प्रश्न गरेको थियो ।

‘तपाईंले राजनीतिक दलका केही शीर्ष नेताको हत्या योजना बनाएको सूचना आएको छ, के त्यो साँचो हो ?’, बयानका क्रममा सोधिएको थियो । सिलवालले संगठित अपराधिक समूह परिचालन गरी नेता हत्याको योजना बनाएको आरोप लगाइएको छ । यद्यपि कुन दलका कुन नेताको हत्या प्रयास गरेको भन्दै प्रश्नकर्ताले खुलाएका थिएनन् । जवाफमा सिलवाललले आफूमाथि अनर्गल आरोप लगाएर चरित्र हत्या गर्न खोजेको भन्दै प्रतिवाद गरेका थिए । प्रश्न सुनेर आवेगमा आएका सिलवालले बयान लिने अधिकारीलाई मुखै छाडेका थिए । काठमाडौं टुडेमा खबर छ ।

यस्तै उनीमाथि मधेसको भूभागलाई नेपालबाट अलग गराउने गतिविधिमा लागेका स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउतलाई मुलुक टुक्र्याउन सघाउने बचन केही विदेशी एजेन्सीलाई दिएको समेत आरोप लगाइएको छ । आफूलाई प्रहरी महानिरीक्षक बनाएको खण्डमा सिके राउतको अभियानलाई सहयोग गर्ने बचन सिलवालले उक्त एजेन्सीलाई दिएको आरोप उनीमाथि छ ।

सिलवालले पछिल्लो चार वर्षको कार्यसम्पादन मूल्यांकनमा प्रहरी महानिरीक्षकका प्रमखु चार दाबेदारमध्ये आफू नै पहिलो नम्बरमा रहेको दाबीसहित सर्वोच्चमा दायर गरेको रिट सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।

२०७४ बैसाख २५ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...