राप्रपा बाहिरिँदा गच्छदारलाई लट्री, आजै साँझ उपप्रधानमन्त्रीको सपथ लिँदै

  • काठमाडौं ।
नेपाल लोकतान्त्रिक फोरम सरकारमा सामेल हुने भएको छ। फोरम अध्यक्ष विजयकुमार गच्छदारले सोमबार साँझ उपप्रधानमन्त्रीको सपथ लिँदै छन्। 

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आज बसेको केन्द्रीय सम्पादन समिति र संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डसँग भएको सहमतिअनुसार गच्छदारले उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाउने छन् ।

यसको साथै पार्टीले संस्कृति तथा पर्यटन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि पाउने भएको छ । पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन अहिले फोरमको बैठक चलिरहेको छ। 

तीनवटै मन्त्रालय यसअघि राप्रपाले पाएको थियो । तर, महाभियोग प्रकरणमा असन्तुष्टि जनाउँदै राप्रपाले सरकारबाट राजीनामा दिएको थियो

गच्छदारको सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा साढे ५ बजेको लागि तय गरिएको छ ।

२०७४ बैसाख २५ मा प्रकाशित ।


,

प्रतिकृया दिनुहोस्

Loading...