गगन थापा भन्छन् - जेठको पहिलो साता कांग्रेस नेतृत्वमा सरकार बन्छ

  • काठमाडौं ।

जेठको पहिलो साता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुने भएको छ । 

नेपाली कांग्रेस चुनाव प्रचार उपसमितिले बुधबार गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गगन थापाले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बीचको पुर्व सहमति अनुसार नै सरकारको नेतृत्व नेपाली कांग्रेसले लिन लागेको औपचारिक जानकारी दिएका हुन् । 

बुधबार नेपाली कांग्रेसले गरेको पत्रकार सम्मेलनमा थापाले संविधान कार्यान्वयन र निर्वाचनका लागि वर्तमान गठबन्धनलाई निरन्तरण दिनु आवश्यक रहेको दाबी समेत गरे । पहिलो चरणको निर्वाचनपछि सरकारको नेतृत्व आफुहरुले गरेपनि दोश्रो चरणको निर्वाचनमा कुनै किसिमको प्रभाव नपर्ने थापाको भनाइ थियो ।

अहिलेकै सत्ता गठबन्धनअनुसार सहज रुपमा जेठ पहिलो साता काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जानकारी गराउँदै नेता थापाले उक्त सरकारले संविधानको समयसीमाभित्र प्रदेश र सङ्घको निर्वाचन गर्ने धारणा व्यक्त गरे । 

स्थानीय तहको निर्वाचनमा अतिवाद र मध्यमार्गीबीचमा प्रतिस्पर्धा हुने उनको भनाइ थियो । केही दलले अदृश्य रुपमा जातिवाद र धर्मका नाममा मुलुकमा विखण्डनको भावना ल्याउन खोजेको भन्दै उनले त्यसलाई परास्त गर्न पनि काँग्रेसका उम्मेदवारले जित्नुपर्ने धारणा व्यक्त गरे । 

काँग्रेसको पहलमा पहिलो चरणको निर्वाचनमा सङ्घीय समाजवादी फोरम नेपालले निर्वाचनमा भाग लिएको अवगत गराउँदै उनले जेठ पहिलो साताभित्र संविधान संशोधन गरी राष्ट्रिय जनता पार्टी नेपाललाई पनि दोस्रो चरणको निर्वाचनमा ल्याउने विश्वास दिलाए




,

प्रतिकृया दिनुहोस्

Loading...