उत्साहका साथ चुनाव खारेजी अभियानमा सहभागि हुँदै राेल्पालीहरू

  • जन्मदेव जैसी ।
लिवाङ नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनजागरण तथा प्रतिराेध अभियान अन्तर्गत राेल्पाकाे थवाङ, गाम, घर्तीगाउँ, माडीचाैरलगायत दर्जनाैं क्षेत्रमा अाइतबार घरदैलाे अभियान चलाइरहेकाे छ । अभियानमा स्थानीयहरुकाे सहभागिता उत्साहजनक देखिएकाे छ । 

"कथित स्थानीय चुनाव खारेज गराैं, शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि बैज्ञानिक समाजवाद स्थापना गराैं"भन्ने नारासहित जिल्ला स्तरीय नेता-कार्यकर्ताहरु यतिबेला गाउँ-गाउँमा सास्कृतिक टाेलीसहित अभियानमा खटेका छन् । 

ठाउँ- ठाउँ प्रहरीकाे अबराेधका बाबजुद पनि राेल्पालीहरु उत्साहपुर्वक चुनाव खारेज अभियानमा खटिएकाे जिल्ला सेक्रेटेरी जागृतिले बताए । अभियानमा राष्ट्रिय युवा जनस्वयंसेवककाे टाेली, जलजला र सामना सांस्कृतिक परिवारकाे टाेली पनि सम्मिलित छ । जनपक्षीय गीत र संगीतमार्फत चुनाव खारेजीका लागि जनकलाकारहरुले अपिल गरिरहेका छन् । 

जागृतिका अनुसार जिल्लाका सबै क्षेत्रमा २ दर्जनबढि टाेली खटिसकेकाे छ । सबै टाेली पालैपालाे माअाेवादी अान्दाेलनकाे केन्द्र मानिने थवाङमा सबै जनता सहभागी भएर घरदैलाे कार्यक्रम चलिरहेकाे छ । बालकलाकार पक्राउ यसैबीच, अभियानकै क्रममा जलजला सांस्कृतिक परिपारका संयाेवक हिमाललाई नृत्य देखाइरहेका बेला गिरफ्तार गरेकाे छ। 

बालकलाकार १२ वर्षीय राम पुनलाई सांस्कृतिक कार्यक्रममा नाँचिरहेका बेला प्रहरीले कुटपिट गरि पक्राउ गरेकाे छ । राेल्पाकाे झैमाकसलाबासी पुन र हिमाललाई लिवाङस्थित जिल्ला प्रहरी कार्यालयकाे हिराशतमा राखिएकाे छ । 

सेक्रेटरी जागृतिले एक बिज्ञप्ति जारी गर्दै बालकलाई पक्राउ गर्ने प्रशासनकाे हर्कतले अाफै नाङ्गिएकाे भन्दै बालकलाकार र हिमाललाई तत्काल रिहा नगरे प्रतिराेध संघर्षलाई चर्काउने चेतावनी दिएका छन् ।

२५ बैसाख २०७४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...