चुनावको मुखैमा प्रचण्डलाई छोडेर माकेका केन्द्रीय सदस्य विप्लवतिर ( यस्तो छ विज्ञप्ति)

  • पर्वत, १९ बैसाख ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पर्वतमा स्थापित मानिने नेता कृष्ण बिक आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नेत्र बिक्रम चन्द बिप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा धुब्रीकृत भएको बताएका छन् ।

आज पर्वत सदरमुकाम कुश्मा बजारमा एक बिज्ञप्ती जारी गर्दै बिकले माओवादी आन्दोलनमा देखा परेको सुधारवादी, संसदवादी, ब्यक्तीवादी अबसरवादमा लिप्त हुँदै बिचारबाट बिचलित हुँदै गएको र आफ्नै पार्टी भित्र ब्यक्तीवादी चरम अबसरवाद हाबी भएको हेर्न सकिएन । बिचारको बहस स्खलित हुँदै गएको अबस्थामा यहि माओवादी केन्द्रले देशको बिकास गर्न सक्ने अबस्था छैन । भन्दै नेपाल कम्युनिष्ट पार्टीमा धुब्रिकृत भएको बताएका छन् ।

उनले बिद्दप्तीमा लेखेका छन्, नेपाली जनक्रान्तिको ईतिहासमा हामीले जुन सपना बोकेर निरन्तर क्रान्तिकारी आन्दोलनमा होमिएका थियौं । आज ति सपनाहरुमा पार्टीको नेतृत्वमा रहेकाहरुले लात हानेका छन् । 

जनताका सपनाहरु पुरा भएका छैनन् तर दलाल सत्ताका मालिकहरु स्थानिय चुनावको नाटक मञ्चन गर्दै आजभोली चुनावी रमितामा मस्त छन् । यस्तो अबस्थामा माओवादी केन्द्रीय सदस्य भएको नाताले आफुले पार्टी भित्र निरन्तर संघर्ष गरेको पनि उल्लेख गरको छन् ।

यस्तो छ बिज्ञप्ती


,

प्रतिकृया दिनुहोस्

Loading...