कम्युनिष्ट पार्टीको नेपाल बन्दका कारण पूरै देश ठप्प, ठाउँठाउँमा बम बिष्पोट, मतदाताहरु अातंकित

  • काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको बन्दका कारण विहानैबाट पूरै नेपाल ठप्प भएको छ ।

काठमाडौं उपत्यकासहित देशभरका बजार, यातायात, कलकारखाना बन्द भएका छन् । बन्दको क्रममा ठाउँठाउँ शंकास्पद बस्तु फेला परेका छन् ।

यसैबीच शुक्रबार राति चितवनको भरतपुरस्थित बिरेन्द्र क्याम्पस नजिक बम बिस्फोट भएको छ भने रत्नगरको पर्सा पुलमा बम भेटियको छ । उक्त बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

शनिबार नेपाल बन्द, पुर्बसन्ध्यामा देशभर मशाल जुलुस

काठमाडौं उपत्यकामा बन्दकर्ता सडकमा देखिएका छैनन् तर बाहिर जिल्लामा भने सडकमा निस्केर प्रहरी धरपकड, गिरफ्तारी र चुनावको विरुद्धमा नारा लगाइरहेका छन् ।

चुनावको एक दिन अागडि मात्र अायोजना गरेको बन्द र ठाउँठाउँमा भेटिएका बमका कारण मतदाता अातंकित भएका छन् ।
२०७४ बैसाख ३० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...