यस्ता पनि बाबु ! श्रीमतीसँगको झगडाका कारण २ छोरीको हत्या...


  • काठमाडौँ २० बैशाख । 
श्रीमतीसँगको झगडाकै कारण इलाममा एक युवाले आठ र तीन वर्षीया छोरीको हत्या प्रयास गरेका छन् । सदरमुकाममा ठेला गाडीमा नास्ता बेचेर जीवन गुजार्दै आएका भारतीय नागरिक ३१ वर्षीय राजु चौधरी र श्रीमतीबीच सधैं झगडा भइरहन्थ्यो । 

श्रीमती परपुरुषसँग लागेको भन्ने निहुँमा श्रीमान्-श्रीमतीबीच कुटाकुट चलिरहन्थ्यो । शुक्रबार साँझ पनि दुई बीच झगडा भयो । झगडापछि राजु दुई छोरीलाई लिएर डेरा छाडेर हिँडे । सदरमुकामकै फ्रेन्ड्स भन्ने होटलमा गएर बच्चासँग बसे ।

छोरीको बर्थडे भएको भन्दै दुई छोरीलाई खेलाउना किनेर होटलमा बसेका थिए । होटलमा राति आफ्नै ८ वर्षीया छोरी विरुषाको घाँटी थिचेर हत्या गरे र अर्की ३ वर्षीया छोरी मीरालाई पनि घाँटी थिचेर गम्भीर घाइते बनाए । सानी छोरी भने बेहोस अवस्था फेला परेको एसपी सुशीलकुमार यादवले जानकारी दिए । 

विरुषा हत्या गरेर सानी छोरी मीराको पनि मरिसकिन भनेर चौधरीले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । तौलियाको पासो लगाउँदा पासो चुडिएर चौधरी पनि बाँचेका थिए । 

उनी घाइते अवस्थामै फेला परेको र उनको जिल्ला अस्पतालमा उपचारपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घाइते मीराको झापाको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । 
आजको जनआस्थाबाट

,

प्रतिकृया दिनुहोस्

Loading...