सिरिया :आइएसको आक्रमणबाट ३० जनाको मृत्यु


  • काठमाडौं, २० वैशाख ।

बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको ज्यान गएको छ । 

इराकसँग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ । 

विस्थापित भएका सिरियाली नागरिक तथा इराकी शरणार्थीका लागि राजम अल–सालिबीमा बनाइएको आश्रय स्थललाई लक्षित गरी आक्रमण भएको हो । आइएसका लडाकुले सिरियन डेमोक्र्याटिक फोर्सेस् एसडिएफका लडाकुसँग पनि संघर्ष गरेका छन् । एसडिएफले आइएसविरुद्ध कारवाही अभियान गर्दै आएको छ ।

मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले आइएसका पाँचजना आत्मघाती बम आक्रमणकारीले आफैलाई विस्फोट गराएको र त्यसमा परि ३८ जनाको ज्यान गएको जनाएको छ । त्यसमध्ये २३ जना सर्वसाधारण नागरिक छन् । घटनामा अन्य ३० जना घाइते भएका छन् ।

सिरियाली सरकारी समाचार संस्थाले भने घटनामा ३० भन्दा बढी सर्वसाधारणको ज्यान गएको र ३४ जना घाइते भएको जनाएको छ । तर आक्रमण आत्मघाती रहे नरहेको भने केही खुलाएको छैन । तर कुर्दिस रेड क्रिसेन्टले भने घटनामा २२ जना सर्वसाधारणको ज्यान गएको बताएको छ

,

प्रतिकृया दिनुहोस्

Loading...