चुनावमा खटिएका प्रहरीलाई स्थानीयले लखेटे, १ प्रहरी जवान घाइते


कालिकोट ।

स्थानीय तह निर्वाचनको चहलपहल बढिरहेको बेला कालिकोटमा स्थानीय र प्रहरीबीच झडप भएको छ।झडपपछि स्थानीयवासीले प्रहरीलाई १ किलोमिटर टाढा लखेटेका छन् ।

चुनावी सुरक्षामा खटिएका प्रहरीलाइ स्थानीयले गाउँमा निर्वाचन सम्बन्धि कुनै पनि गतिबिधि नगर्ने जवाफ दिएपछि प्रहरीले जबर्जस्ती उम्मेदवारलाई गाउँ प्रवेश गराउन खोज्दा पुच्छ्रेगाउँका स्थानीयले प्रहरीलाई लखेका हुन् ।

स्थानीय र प्रहरीबीच झडप बढेपछि १ जना प्रहरी जवान घाइते भएका छन् । घटनाबारे थप विवरण प्राप्त भएको छैन ।

,

प्रतिकृया दिनुहोस्

Loading...