सत्ता साँझेदार काँग्रेस-माओवादीबीच झडप, प्रचण्डसहित ५ नेता कार्यकर्ता घाइते


रुकुम ।

स्थानीय निर्वाचनले देश तातिरहेकोबेला झडपका घटनाहरु बढ्न थालेका छन्। सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेसका शिर्ष नेताहरु काठमाडौंको चुनावी तालमेलको छलफल गरिरहँदा रुकुममा भने झडप भएको छ ।

चुनाव प्रचारको क्रममा रुकुमको बाँफिकोट गाउँपालिका–६ मा काँग्रेस र माओवादी केन्द्रबीच झडप हुँदा ८ जना घाइते भएका छन् ।

झडपका क्रममा काँग्रेसका हरि बस्याल, धनबहादुर विक, रवि केसी र माओवादी केन्द्रका जिल्ला नेता प्रचण्ड केसी, प्रकाश ओली, विवेक विक, आकाश परियार र नरबहादुर पुन घाइते भएका छन् ।

घाइतेको अवस्था सामान्य रहेको भएपनि थप घटना नहोस् भनेर त्यस क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ ।

आन्तरिक बैठकमा माओवादीले आक्रमण प्रयास गरेपछि झडप भएको काँग्रेसले बताएको छ भने बाटोमा हिडिरहेको अवस्थामा काँग्रेसका कार्यकर्ताहरुले पहिला अाक्रमण गरेको माओवादी केन्द्रले अारोप लगाएको छ।

२०७४ वैशाख २२ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...