प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिन सर्बोच्चको अन्तरिम आदेश


  • काठमाडौं, २२ वैशाख । 
सर्वाेच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाईएको महाभियोगको प्रस्ताव अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

दुई दिन लामो बहसपछि शुक्रबार न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले महाभियोगको प्रस्ताव अघि नबढाउन आदेश दिएको हो ।

‘सम्माननीय प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव नेपालको संविधान मर्म र भावना विपरित देखिएकाले यो निवेदन टुंगो नलागेसम्म यथास्थितीमा राख्न आदेश जारी गरिन्छ,’ न्यायाधीश चोलेन्द्र जबराद्धारा हस्ताक्षरित फैसलापत्रमा भनिएको छ।
‘साथै सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा काम गर्न दिनु दिलाउनु भनी विपक्षीहरुको नाउमा सर्वाेच्च अदालत २०४९ को नियम ४१(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

कार्यपालिकामाथि ठाडो हस्तक्षेप गरेको भन्दै गत १७ गते नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता गरेको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...