पाकिस्तानी आक्रमणबाट कास्मिरमा तीन गोर्खा सैनिकको ज्यान गयो


नयँदिल्ली ।

भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा छन् ।

उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

उनीहरुमा सबैभन्दा कान्छा रविन थिए । पाँच बर्षअघि मात्र भारतीय सेनामा प्रवेश गरेका उनको गत माघमा बिहे भएको थियो ।

मृतक डम्बरका १५ र १३ बर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी १९९६ मा सेनामा प्रवेश गरेका थिए ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...