यी हुन् ५० लाख घुस नदिएको निहुँमा महाप्रबन्धकलाई पदबाट हटाउने मन्त्री !

  • काठमाडौं । 

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले एक महाप्रबन्धकसँग ५० लाख घुस मागेको घटना सार्वजनिक भएको छ ।

मन्त्री केसीले आफ्नो मन्त्रालय मातहत रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडका महाप्रबन्धक दूतबहादुर गुरुङसँग उक्त घुस मागेका हुन् । त्यसरी मागेको घुस नपाएपछि प्रतिशोधस्वरुप महाप्रबन्धक गुरुङलाई पदबाट हटाएका छन् ।

हटाउन झुठो कागजात समेत तयार परेको पीडित पक्षको गुनासो छ । शुक्रबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा एक पत्रकार सम्मेलन गर्दै पीडित गुरुङले मन्त्री के.सी.ले आफुसँग घुस माग्दा नदिएपछि उनले आफूलाई षडयन्त्रपूर्ण तरिकाले पदमुक्त गरेको पत्र थमाएको बताए ।

गुरुङलाई हटाउन के.सी.ले मन्त्रालयका सहसचिव रमेश सिंहलाई जबर्जस्त छानबिन समितिको संयोजक बनाएका थिए । पत्रकार सम्मेलनमा बिनाकारण आफूलाई हटाएको भन्दै गुरुङ भावुक भए । मन्त्रालयले गुरुङलाई थमाएको पदमुक्त पत्रमा हटाउन मन्त्रिपरिषद्ले गरेको निर्णय र पदबाट हटाएको मिति मिलेको छैन ।

जेठ ८ गतेको मन्त्रिपरिषद्को बैठकले गुरुङलाई हटाउने निर्णय गरेको छ भने मन्त्रालयले पठाएको पत्रमा जेठ ७ गतेबाट लागू हुने गरी हटाएको व्यहारो उल्लेख गरिएको छ । महाप्रबन्धक पदमा बस्ने मन भए खर्च गर्नुपर्छ भन्दै मन्ी के.सी.ले गुरुङसँग उक्त घुस मागेका थिए ।

पहिल्यै संसद बैठक चलिरहेको बेला संसद हलभित्र कुर्सीमै खैनी र सिंगान फालेर त कहिले प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा कुमार घैंटेको पक्षमा वकालत गरेर विवादमा तानिएका मन्त्री के.सी. यसपटक फेरि घुस प्रकरणमा तानिएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...