यी हुन् चार नगरपालिकामा एमालेले छानेका प्रमुख र उपप्रमुख चयन

  • काठमाडौँ। 
नेकपा (एमाले) को आजको स्थायी समितिको बैठकले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नं ५ अन्तर्गतका चार उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवार तय गरेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी संसदीय दलको कार्यालय, सिंहदरबारमा सम्पन्न बैठकले बुटवल उपमहानगरपालिकामा प्रमुख शिवराज सुवेदी र उपप्रमुख गोमा आचार्यलाई उम्मेदवार बनाएको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा समसुद्धिन सिद्धिकी र उपप्रमुखमा शान्ति ढकाल, घोराही प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने तथा तुल्सीपुर प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएको सो पार्टीले जनाएको छ । 

अदालतको आदेशको स्वागत 

वैठकले स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरमा रोक लगाउँदै सर्वोच्च अदालतले आज दिएको अन्तरिम आदेशको स्वागत गरेको छ । 

निर्वाचनको मिति तय भइसकेपछि कुनै औचित्य र आधारबिना नै स्थानीय तहको सङ्ख्या र सीमा हेरफेर गर्ने सरकारको कदममा सर्वोच्च अदालतले रोक लगाएबाट पूर्वनिर्धारित तह र मितिमा निर्वाचन गर्न सहज भएको बैठकले ठहर गरेको छ । निर्धारित जेठ ३१ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न बैठकले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको पार्टी सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

२०७४ जेठ १२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...