पोखरा : लेखनाथ १ मा एमाले अत्यधिक मतले विजयी



पोखरा, २ जेठ । 

स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिका वडा नं १ मा नेकपा (एमाले) को समूह विजयी भएको छ । 

कुल २ हजार ४४३ मत खसेकोमा एमाले वडा अध्यक्ष पदका उम्मेदवार शारदा पराजुलीले एक हजार ११३ मत प्राप्त गरे । 

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार टङ्कनाथ पौडेलले ६९७ मत प्राप्त गरे । 

उक्त वडामा एमालेका नगरप्रमुख पदका उम्मेदवार मानबहादुर जिसीले एक हजार ६५ मत प्राप्त गरे भने काँग्रेसका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले ८३१ मत प्राप्त गरे । 

प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)ले काँग्रेसलाई समर्थन गरेको भएपनि माओवादी केन्द्रको चुनाव चिह्नमा ५१ मत परेको छ । वडा नं १ को मतगणना सकिएलगत्तै वडा २ को मत गणना कार्य सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए । 

उनका अनुसार मतगणना ढिलाइ भएका कारण सर्वदलीय बैठक बसेर अन्य ठाउँबाट पनि मत गणना सुरु गर्ने तयारी गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...