नेपाल-जापान सम्बन्धलाई थप उचाईमा पुर्याउने छु: राजदुत राणा

  • पूर्ण चलाउने ।
जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले नेपाल जापान सम्बन्धलाई थप उचाईमा पुर्याउन दुतावास र जापानको नेपाली समुदायबीच सहकार्य गरिने बताएकी छन् । 

शुक्रवार दूतावासमा नेपाल पत्रकार महासंघ जापानका पदाधिकारीहरु संगको भेटघाटमा राजदुत राणाले नेपाल जापान सम्बन्ध निकै पुरानो रहेको उल्लेख गर्दै यसलाई अझ मजबुत बनाउनुपर्ने धारणा राखिन् ।

जापान नेपालप्रति कुनै स्वार्थ नराखी नेपालको हित चाहने सहयोगी मुलुक भएको बताउदै राणाले नेपालीहरु बाट जापानमा हुने गरेका गलत प्रबृतिहरुको समाधानमा जोड दिइन ।' नेपालीहरु सकभर जापानमा गलत क्रियाकलाप नगरुन हाम्रो पुरानो सम्बन्ध नबिग्रियोस् भन्ने जापानको इच्छा छ ।' उनले भनिन्- 'जापानीहरुको भावानाको कदर हामीले गर्नुपर्छ ।' जापानमा हुनेगरेका गलत प्रबृतिको समाधानको लागि दुतावासले नेपाली समुदाय संग सहकार्य गरी जनचेतनाका कार्यक्रममा जोडदिने राजदुत राणाले बताइन ।

जापान सबै नेपालीहरुको लागि अवसरको देश भएको उल्लेख गर्दै धेरै नेपालीहरुले जापानमा प्रगति गरेकोप्रति उनले खुसि ब्यक्त गरिन् । 

नेपालको पर्यटन प्रवर्धनका लागि जापान एक भरपर्दो मुलुक भएको उल्लेख गर्दै जापानका सामाजिक संघ संस्थाहरुले नेपालको पर्यटन प्रबर्धनका लागि प्रचार प्रसारमा जोडदिनुपर्ने सुझाव उनको थियो । 

कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले जापानको नेपाली समाजबारे जानकारी गराउदै समाजमा भइरहेका केही गलत क्रियाकलापको समाधानका लागि दुतावासको ध्यानाकर्षण गराएका थिए ।

उक्त भेटघाट कार्यक्रममा दुतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, दुतावासका सचिबद्वय रेवन्त केसी, टोपनारायण गिरी, पत्रकार महासंघकी केन्द्रिय सदस्य पवन वर्षा शाह लगायतका संचारकर्मीको सहभागिता रहेको थियो । 

२०७४ जेठ १३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...