शीर्ष स्थानको चेल्सी र टोटेनह्याम विजयी, म्यानचेस्टर र स्वान्सी बराबरीमा रोकिए

  • काठमाडौं, १८ वैशाख ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सीले इभरर्टनलाई ३–० गोल अन्तरले हराएको छ । चेल्सीका लागि पेड्रोले ६६ औँ मिनेटमा, चहिलले ७९ औँ मिनेटमा र विलियनले ८६ औँ मिनेटमा गोल गरे । 

जितसँगै चेल्सीको ३४ खेलबाट ८१ अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटेनह्यामको ३४ खेलबाटै ७७ अंक रहेको छ। 

आइतबार राति नै भएको खेलमा टोटेनह्यामले आर्सनललाई २–० गोल अन्तरले हराएको थियो । टोटनह्यामका लागि डेल अलीले ५५ औँ मिनेट र पेनाल्टीमार्फत ह्यारी केनले ५८ औँ मिनेटमा गोल गरे । 

यस्तै राति नै भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड र स्वान्सी सिटीले एक एकको बराबरी गरेका छन् । मिडल्सवर्ग र म्यानचेस्टर सिटीले पनि दुई दुई गोलको बराबरी गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...