हस्याङ–फस्याङ गर्दै साँझ परेपछि किन प्रचण्ड निवास पसे देउवा ?

  • काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रचण्ड निवास लाजिम्पाटमा भेटवार्ता भएको छ ।

प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा सोमबार साँझ प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । दुई प्रमुख सत्तारुढ घटकका प्रमुख नेताबीचको भेटमा सरकार सञ्चालन, मन्त्रिपरिषद विस्तार, दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र संवादको प्रक्रिया जारी राख्ने समझदारी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । स्रोतका अनुसार देउवा सोमबारको भेटमा अरु बेलाभन्दा हतास मनस्थितिमा थिए ।

राजपाका लागि जति लचिलो बन्दा पनि ऊ थप आक्रामक बन्दै गएको भन्दै देउवाले चुनाव गराउन नसकिए के गर्ने भन्ने चिन्ता पोखेको स्रोतको दाबी छ । प्रचण्डले भने राजपा निर्वाचनमा आउने विश्वास व्यक्त गरेका थिए । काठमाडौं टुडेमा खबर छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...