मधेसमा राजपाको खतरनाक प्लान ! तराईमा चुनावमा खटिएका कर्मचारी खतरामा

  • कलैया । 

स्थानीय निर्वाचन बिथोल्न आन्दोलनका कार्यक्रम घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) का कार्यकर्ताले सोमबार साँझ निर्वाचनमा खटिएका कर्मचारीलाई दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् ।

जिल्ला निर्वाचन कार्यलयले आयोजना गरेको निर्वाचनसम्बन्धी तालिममा सहभागी भएर फर्कने क्रममा राजपा कार्यकर्ताले कर्मचारीमाथि कुटपिट गरेका हुन् । राजपा कार्यकर्ताको कुटपिटबाट केही कर्मचारी सामान्य घाइते भएका छन् ।

कलैयास्थित रामराजा क्याम्पसबाट फर्कंदै गरेका कर्मचारीलाई बाटो कुरेर बसेका राजपा कार्यकर्ताले कुटपिट गरेको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिए । क्याम्पस वरपर सुरक्षाको व्यवस्था कडा पारेपछि फर्कने क्रममा सुरक्षाकर्मी नभएको स्थानमा बाटो घेरेर केही कर्मचारीलाई कुटपिट गरेको र कुटपिटबाट कर्मचारी सामान्य घाइते भएको उप्रेतीले बताए ।

राजपा कार्यकर्ताले महिला तथा बालबालिका कार्यलयको बा२झ २४०२ र जिल्ला विकास समितिको बा३च ६८८ नम्बरको टाटा सुमो तोडफोड गरेका छन् भने ना३०प ६१८३ नम्बरको मोटरसाइकलमा क्षति पुर्याएका छन् । कर्मचारीमाथि कुटपिट भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले राजपाका पन्नालाल पटेललाई पक्राउ गरेको छ ।

राजपाका कार्यकर्ताको विरोधका कारण तालिम आयोजना गरिएको क्याम्पस वरपरको क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो । तालिम बिथोल्ने राजपाका कार्यकर्ताको प्रयासलाई प्रहरीले असफल पारेको थियो । घटनापछि प्रहरीले कलैया क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारेको उप्रेतीले जानकारी दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिकृया दिनुहोस्

Loading...