राप्ती गाउँपालिकामा माओवादीको सुरुवाती अग्रता (ताजा परिणामसहित)



काठमाडौं ।

स्थानीय तह निर्वाचन अन्तर्गत दाङका गाउँपालिकाहरुमा मतगणना जारी रहदाँ सबैभन्दा धेरै मतदाता भएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।

आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको छ ।

२२५ मतगणता सकिँदा वडा अध्यक्ष पदमा माओवादी केन्द्रले ८९ मत पाएको छ भने कांग्रेसको ७५ र एमालेको २६ मत छ । राप्रपाका उम्मेदवारले २ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रको ९०, कांग्रेसको ७३, एमालेको २७ र राप्रपाको २ मत परेको मुख्य निर्वाचन अधिकृत लालमणि ओझाले जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...