भरतपुरमा रेणु र देवीबीच यस्तो गजबको प्रतिस्पर्धा, आयो पछिल्लो अपडेट

  • काठमाडौं । 
भरतपुरमा रेणु दाहाल र देवी ज्ञवालीलाई यतिबेला चुनावी प्रचारप्रसार गर्न भ्याइनभ्याइ भएको छ । महानगरको मेयर पदमा कांग्रेस–माओवादी केन्द्रबाट दाहाल र र एमालेबाट ज्ञवाली चुनावी मैदानमा छन् । 

वडा नम्बर १९ को मतगणनाका क्रममा केही व्यक्तिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँ पुनः मतदान गर्ने निर्णय ग¥यो । 

तर, त्यसको विरोधमा सर्वोच्चमा रिट परेपछि पुनः मतदान गर्ने वा मतगणना भन्ने विषय अन्योलमै छ । यस्तो अवस्थामा मेयरका दुई प्रत्यासी कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी रेणु दाहाल र एमालेका देवी ज्ञवाली चुनावी प्रचारप्रसारमा सक्रिए भएर लागेका हुन् । 

अहिले जिल्लाका प्रमुख नेता तथा कार्यकर्ताका साथ उनीहरु वडा नम्बर १९ मा नै केन्द्रित भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...