जाँदाजाँदै विमलेन्द्रले गरे छापामार शैलीमा यस्तो काम, सबैतिर खैलाबैला

  • काठमाडौं ।
गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा गृहले पुरानो मिति राखेर शुक्रबार सरुवा गरेको हो ।

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमु्ख बालकृष्ण पन्थीलाई काठमाण्डुको सीडीओ बनाइएको छ । काठमाण्डुका सीडीओ हिमनाथ दुवाडीले अघिल्लो साता उमेर हदका कारण अवकाश पाएपछि उक्त पद रिक्त थियो । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख राजकुमार श्रेष्ठलाई ललितपुरको सीडीओमा सरुवा गरिएको छ ।

कास्कीका सीडीओ हरि मैनाली, ललितपुरका दीपक काफ्ले र बाग्लुङका भगीरथ पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । तीनै जनाको महाशाखा तोएिको छैन । गृहको सबैभन्दा महत्वपूर्ण मानिने शान्ति सुरक्षा महाशाखामा मैनाली र काफ्लेमध्ये एकको जिम्मेवारी तोकिने सम्भावना छ ।

त्यस्तै कास्कीमा तारानाथ अधिकारी, बाग्लुङमा ऋषिराज तिवारी, धादिङमा महेश आचार्य, तनहुँमा रितेश शाक्य तथा नुवाकोटमा जगदीश बरालको सरुवा भएको छ । नुवाकोटका विष्णु पोखरेलको क्षेत्रीय प्रशासन कार्यालय पोखरा सरुवा भएको छ । यसै गरी गृहका १५ उपसचिवको समेत सरुवा भएको नयाँ पत्रिकामा खबर ।

जसअनुसार पर्वतको सीडीओमा राजेश पन्थी, दैलेखमा प्रकाशचन्द्र अधिकारी, मुस्ताङमा रामचन्द्र अधिकारी तथा मनाङमा सुनील खनालको सरुवा भएको छ । निर्वाचन आचार संहिता नलाग्ने जिल्लामा सीडीओ हेरफेर गरिएको सहसचिव राजकुमार श्रेष्ठले बताए ।

,

प्रतिकृया दिनुहोस्

Loading...