तीन ठूला पार्टीका उम्मेदवारको घर-घरमा बम भेटिएपछि..



नवलपरासी । 

तीन ठूला पार्टी नेपाली काँग्रेस,एमाले र माओवादी केन्द्रका उम्मेदवारको घरघरमा बम भेटिएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका काङ्ग्रेस,एमाले र माअोवादीका मेयर पदका उम्मेदवार बिश्वप्रेम पाठक, धिरज शर्मा र रुद्रप्रकाश उपाध्ययको घरमा बम भेटिएको प्रहरीले बताएको छ ।

रुपन्देही सिनपा र भैरहवा एमाले उपमेयरका पदका उम्मेदवार उमा काफ्लेको घरमा शनिबार राति बम भेटिएको थियो । त्यसैगरी ओमसतिया गाउँपालिका प्रमुखका उम्मेदवार इन्द्रजीत यादवको घरमा समेत सुतलि बम प्रहार भएको तर कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...