अर्बुद रोगका कारण एमाले सांसद महिन लिम्बुको निधन



काठमाडौं ।

नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बुको शनिबार निधन भएको छ । 

अर्बुद रोगका कारण हिजो राती धरानमा लिम्बुको निधन भएको पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

धनकुटास्थित साविकको बुढीमोरङ गाविस– २, तुमबारीमा लिम्बुको विक्रम् सम्बत् २०१४ चैत ११ गते जन्म भएको थियो ०४९ सालमा उक्त गाविसको उपाध्यक्ष र ०५४ सालमा अध्यक्ष निर्वाचित भएकी लिम्बुले ०५५ सालमा गाविस राष्ट्रिय महासंघको अध्यक्ष निर्वाचित भएकी थिइन् ।

०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी उनि ०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । । पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीले आजै विहान धरान पुगेर दिवंगत लिम्बुको पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शोक सन्तप्त परिवारजनलाई समवेदना दिएका छन्छ । उनको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टी गर्ने कार्यक्रम छ । लिम्बुका दुई छोरा एक छोरी छन् ।


,

प्रतिकृया दिनुहोस्

Loading...