मन्त्रीलाई बाँदर भनेपछि चर्चित क्रिकेटर मालिंगामाथि यस्तो कारवाही

  • काठमाडौं ।

आफ्ना खेलकुद मन्त्रीलाई बादर भनेपछि श्रीलंकाका तीव्र गतिका बलर लसिथ मालिंगा कारवाहीमा परेका छन् ।

श्रीलंका क्रिकेट बोर्डको विशेष जाँच प्यानलले मालिंगामाथि ६ महिनाको प्रतिबन्ध लगाउनुका साथै अर्को एक दिवसीय म्याचको फीको ५० प्रतिशत जरिवाना पनि लगाएको छ ।

ईएसपीएन क्रिक ईन्फो वेभसाइटको रिपोर्ट अनुसार श्रीलंका क्रिकेट बोर्डले गरेको अनुशासनात्मक जाचँमा मालिंगाले अनुबन्धको उल्लघंनको दोषी पाइएको कारण सो प्रतिबन्ध लगाइएको हो ।

श्रीलंकाका खेलकुद मन्त्रीले राष्ट्रिय खेलाडीहरु मोटो भएको बताएपछि मलिंगाले उनलाई बाँदरसँग तुलना गरेका थिए ।

श्रीलंका क्रिकेट बोर्डको यो फैसलाले भने जिम्बाबे सिरिजमा बलरहरुको उपस्थितीमा कुनै फरक पर्ने छैन । पहिलो दुई एक दिवसीय खेलहरुका लागी मालिंगाको नाम १३ सदस्यीय टिममा राखिएको छ ।

मालिगांले १९ जुन र २१ जुनमा आफनो करारको नियम उल्लघंन गरेको भन्दै क्रिकेट बोर्डले मालिंगाविरुद्धमा विशेष जाँच राखेको हो । एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...