गुलमार्गमा केबुलकार दुर्घटनाग्रस्त, ७ जनाको मृत्यु

  • भारत । 

भारत प्रशासित काश्मिरको पर्यटकीय सहर गुलमार्गमा आइतबार एक केबुलकार दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ । 

केबुलकार चलिरहेको अवस्थामा रुखमा ठोक्किएपछि घिर्नी लठ्ठाबाट खुस्किएको र करिब ३० मिटर तल भूइमा खसेको प्रहरी अधिकारी इम्तियाज हुसैनले भारतीय संचारमाध्यमहरुलाई बताएका छन । कारभित्र रहेका ७ जनाको मृत्यु भएको र चार जना घाइते भएको हुसैनले बताए । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा नयाँ दिल्लीबाट भ्रमणमा आएका एक जोडी र उनीहरुका दुई बच्चा परेको थाहा भएको हुसैनले बताए । 

केबुलकारमा सवार यात्रुहरु पिरपान्जल हिमालयन शृङ्खलातर्फ जाँदै गर्दा भएको बताइएको छ । गुलमार्ग स्कीका लागि उच्च भूभागमा रहेको प्रसिद्ध भारतीय गन्तव्यस्थल हो । एजेन्सी

प्रतिकृया दिनुहोस्

Loading...