नेकपा महासचिव विप्लवको विषयमा गृहमन्त्री शर्माले दिए यस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति

  • दाङ । 
गृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको विषयमा निक्कै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् । 

आफ्नो पार्टीको चुनावी प्रचारप्रसार दाङ पुगेका मन्त्री शर्माले रोल्पाको थवाङमा विप्लव पनि चुनावमा सहभागी भएकाले उनीसँग चुनाव बिथोल्ने नैतिकता नभएको भाषण झारे । तर गृहमन्त्री शर्माले यो यो कुरा बुझेनन् की चुनाव लड्न राजनीतिक पार्टी निर्वाचन आयोगमा दर्ता हुनुपर्छ । चुनाव चिन्ह पाएको हुनुपर्छ । जुन मापदण्ड नेकपाले पुरा गरेको छैन किनकि उ यो स्थानीय चुनावको विपक्षमा उभिएको छ र यो चुनाव खारेजीको अभियान लिएर जनतामाझ पुगेको पनि छ । यी सबै कुरालाई भुसुक्कै बिर्सिएर शर्माले नेकपा महासचिवलाई भन्नुसम्म भने ।

आफुलाई नेकपा समर्थक ठान्ने एक व्यक्तिले थवाङमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि नेपालका केहि बिग मिडिया हाउसहरुले 'अन्ततः विप्लव पनि रोल्पामा चुनाव लड्दै' शिर्षकमा समाचार भाइरल बनाएका थिए । तर त्यहि चुनाव खारेजी अभियानमा लागेको कम्युनिष्ट पार्टीले त्यसको केहि घण्टामै आफुले उम्मेदवारी दर्ता गराएको समाचार गलत भएको भन्दै खण्डन समेत गरेको थियो । 

रोल्पाको थवाङमा विप्लव पनि चुनावमा सहभागी हुनु सकारात्मक रहेको हावादारी गफ दिदै गृहमन्त्रीले भने - 'विप्लवले निर्वाचन बिथोल्न अब नैतिकरुपमा मिल्दैन किनभने थवाङमा उहाँ चुनावी मैदानमा हुनुहुन्छ । कतै उम्मेदवारी दिने कतै बिथोल्ने यो हुन सक्दैन ।’ उनले भने ।

यता नेकपा एक पोलिटब्युरो सदस्यले अहिले चुनाव लड्ने पार्टीको कुनै आधिकारिक नीति या निर्णय नभएको प्रष्ट पारेका छन् । 'हामिले अहिले चुनाव लड्ने नीति लिएको भए खारेज अभियानमा किन यति सक्रिय भएर लाग्थ्यौं त ? जुन चुनाव उचित छैन, ठिक छैन, यसले जनताको अधिकार सुनिश्चित गर्दैन यस्तो चुनावमा भाग लिने हाम्रो नीति भएको भए हाम्रा सयौं नेता कार्यकर्ता गिरफ्तार किन पर्नुहुन्थ्यो ? उनले इमान्दार मिडियासँग भने ।

गृहमन्त्रीको पद सम्हालेकै दिन नेकपा २ केन्द्रीय नेता गिरफ्तार गरेका गृहमन्त्रीले नेकपामाथि धरपकड तिब्र पारेका छन् । यसअघि रोल्पाका सेक्रेटरी जागृतले आफ्नो पार्टीले उम्मेदवारी नदिएको प्रष्ट पार्दै यस्तो बिज्ञप्ति समेत निकालेका थिए ।

विज्ञप्तिको पूर्णपाठः

हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी यतिबेला दलाल संसदीय व्यवस्थाद्वारा नेपाली जनताविरुद्ध जबरजस्त थोपरिएको चुनावी अभियानका विरुद्ध विभिन्न संघर्षमार्फत चुनाव खारेजीको अभियानमा लागिरहेको छ । भारतीय साम्राज्यवादको नाङ्गगो दलाली गरिरहेको वर्तमान देउवा-प्रचण्ड मण्डली सरकार यतिबेला नेपाली जतताकाविरुद्ध दमन अभियान संचालन गरिरहेको छ ।

हाल हाम्रो पार्टीको तर्फबाट भन्दै उम्मेदवार भनेका व्यक्तिहरु हाम्रो पार्टीका नभइ दलाल संसदीय व्यवस्थाको भ्रम जालमा परेका व्यक्तिहरु हुन् । त्ससैले ती व्यक्तिहरुको नाम जोडेर नेकपाका उम्मेद्धार भन्नु नेपाली जनतालाई भ्रम जालमा पार्ने कुरा मात्र हो । दलाल संसदीय व्यवस्थाको चुनावी भ्रम जालमा नपरी चुनाव खारेजी अभियानमा डट्न हामी यसै विज्ञप्ति मार्फत थबाङ्गी जनसमुदायलगायत आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।

क्रान्तिकारी अभिबादनसहित
क.जागृती
जिल्ला सेक्रेटरी
रोल्पा

,

प्रतिकृया दिनुहोस्

Loading...