कम्युनिष्ट पार्टीसँग किन यस्तो 'लुकाछिपीको' खेल खेल्दै छ प्रहरी ? हेर्नुहोस् यस्ता ४ तथ्य

  • काठमाडौं । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता धमाधम पक्राउ परिरहेका छन् ।

नीय तह निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपाका नेता–कार्यकर्तालाई सरकारले निर्वाचन बिथोल्न सक्ने आशंकामा जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न थालेको हो ।

नेकपा केन्द्रीय कार्यालयका सचिव भेषराजले देशभरबाट झन्डै दुई सयको हाराहारीमा नेता–कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका नेता–कार्यकर्तालाई सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ का आधारमा हिरासतमा राखिएको छ ।

ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएकालाई समेत पुनः पक्राउ गर्ने, एउटा जिल्लाबाट अर्काे जिल्लामा सारेर फेरि मुद्दा लगाउने गरिएको नेकपाले आरोप लगाएको छ ।

मानवअधिकारकर्मीले पक्राउको विरोध गरेका छन् । स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक आस्था राख्न पाउने मौलिक अधिकारको हनन हुने गरी सरकारले विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्तामाथि धरपकड बढाएको मानवअधिकारकर्मीले बताएका छन् ।

केन्द्रीय नेता नै प्रक्राउ

नेकपाका राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाठा, बन्धु चन्द, चन्द्रबहादुर खड्कालाई प्रहरीले २४ जेठमा पक्राउ गरेको छ । प्युठानको तिरामबाट उनीहरूलाई पक्राउ गरिएको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा विरहीले जानकारी दिए । ‘घरमा पार्टीका नेताहरूसँग छलफल गरेर बसिरहेका वेला उहाँहरूलाई धरपकड गरेर प्रक्राउ गरिएको छ,’ शर्माले भने । सोही स्थानबाट १४ जनालाई प्रक्राउ गरिएको नेकपाले जनाएको छ ।

कहाँ–कहाँबाट पक्राउ परे ?

देशव्यापी रूपमा प्रहरीले आफ्ना नेता–कार्यकर्तामाथि धरपकड बढाएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । बर्दिया, रुकुम, काभ्रे, चितवन, सिन्धुली, महोत्तरी, दैलेख, ललितपुर, कास्की, नवलपरासी, काठमाडौं, दोलखा, दाङ, सल्यान, धादिङ, नुवाकोट, सुनसरी, मोरङ, जुम्ला, पर्वत, तनहुँ, बाग्लुङ र म्याग्दीबाट आप्mना नेता–कार्यकर्ता पक्राउ गरिएको नेकपाको केन्द्रीय कार्यालयको रेकर्ड छ ।

धरपकड कहाँ कति ?

तथ्य १ : पक्राउ परेकालाई भेट्न जाने पनि पक्राउ

नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल २३ वैशाखमा सिन्धुलीको भिमानमा दुई सहकर्मी प्रकाश ओली र जाहिर हुसेनसँगै प्रक्राउ परे । १५ जेठमा सिन्धुली जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई जनही पाँच हजार धरौटीमा रिहा गर्न आदेश दियो । तर, उनीहरूलाई रिहाइ गरिएन । उल्टै उनीहरूलाई भेट्न गएका राजन बस्नेतलाई समेत पक्राउ गरिएको नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराजले बताए । चारैजना अहिले सिन्धुली जेलमा छन् ।

तथ्य २: पक्राउ परेकालाई जिल्ला स्थानान्तरण
नुवाकोट विदुर नगरपालिका गेर्खुका शंकर तामाङ २६ वैशाखमा पक्राउ परे । उनी विदुर चोकमा चिया पिउँदै गर्दा पक्राउ परेका थिए । प्रशासनले तोकेको धरौटी तिरेर रिहाइ भएका उनलाई तत्कालै पक्राउ गरी धादिङ प्रशासनको हिरासतमा राखिएको छ ।

तथ्य ३ : धरौटी बुझाएर पनि छोडिएन
नेकपाका बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारी पार्टी बैठककै वेला २८ वैशाखमा जिल्लास्तरीय १८ नेतासहित पक्राउ परिन् । सार्वजनिक अपराधअन्तर्गत मुद्दा खेपेका उनीहरूसँग २५ दिन हिरासतमा बसेपछि धरौटी मागियो । उनीहरूले धरौटी पनि बुझाए । तर, पुनः प्रक्राउ गरी हिरासतमा राखिएको छ । त्यस्तै, सुनसरी बेलबारीका उदय राई २९ वैशाखमा पक्राउ परे । उनले पनि प्रशासनमा धरौटी बुझाए । तर, उनी पनि पुनः पक्राउ परेका छन् । उनी प्रहरी कार्यालय पकलीको हिरासतमा छन् ।

तथ्य ४ : छोडिएकालाई पनि दैनिक तारेख
सल्यान दार्माका मोहन केसी २० वैशाखमा आफ्नै घरबाट पक्राउ परे । प्रशासनले तोकेको पाँच हजार धरौटी उनले बुझाए । तर, उनलाई प्रहरी हिरासतमै लगियो । अहिले उनलाई दैनिक हाजिर हुने सर्तमा छोडिएको छ । गोर्खाबाट पक्राउ परेका विकास भट्टराई पनि २५ दिनसम्म गोरखा जिल्ला प्रहरीको हिरासतमा बसे । अहिले उनलाई दैनिक टोलिफोनमा आफू काहाँ रहेको भन्ने ‘अपडेट’ गराउने गरी तारेखमा राखिएको छ ।

कडा प्रतिवादमा उत्रन्छौँ 
खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी
हाम्रा केन्द्रीय नेताहरूलाई गैरकानुनी गिरफ्तार गरिएको छ । राजनीतिक स्वतन्त्रताविरुद्ध यो गिरफ्तारी भइरहेको छ । हामी यसको घोर निन्दा र भत्र्सना गर्छौँ । पक्राउ गरिएका कमरेडहरूको तत्काल रिहाइ नभए संघर्षको मोर्चाबाट हामी कडा प्रतिवाद गर्छौँ ।

कुनै पार्टीका कार्यकर्ता पक्राउ गरिएको छैन 
दीपक काफ्ले, प्रवक्ता, गृह
हामीले कुनै पार्टीका नेता–कार्यकर्ताका रूपमा कसैलाई पक्राउ गरेका छैनौँ । जिल्लाको शान्ति–सुरक्षा कायम तथा निर्वाचनको वातावरण निर्माण गर्ने क्रममा विरोधी गतिविधि कसैले गर्न खोज्छ भने उनीहरूलाई स्थानीय प्रशासनले पक्राउ गरेको होला ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...