स्थानीय चुनावको नतिजा आउन नपाउदै थवाङमा विप्लव अगाडि

  • सागर लामा,काठमाडौं । 
रोल्पाको थवाङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व जनताको सत्ता गठन गर्ने क्रममा १ नम्बर देखिएको छ  ।

स्थानीय चुनावमार्फत ‘स्थानीय सत्ता’ गठन गर्न बुधबार मतदान गराउने कोशिसमा सरकार लागिरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेकपाले दुई दिनअगाडि गत सोमबार स्थानीयको व्यापक जनसहभागितामाझ सम्पन्न भेलाले स्थानीय जनताको नेतृत्वमा जनपरिषद (जनसत्ता) गठन गरेको छ । 

नवगठित १७ सदस्यीय जनपरिषद् प्रमुखमा भेलाले किताब घर्तीलाई चयन गरेका छन् । भेलाका अध्यक्षता नेकपाका स्थायी समिति सदस्य एवं केन्द्रीय जनपरिषद प्रमुख सन्तोष बुढाले गरेका थिए ।

राष्ट्रिय स्वाधीनतामाथिको विदेशी हस्तक्षेप, राष्ट्रघाती सम्झौता, चरम महंगी, भ्रष्टाचार, कालोबजारिया–घुसखोरी, गुण्डा–डकैती, साँस्कृतिक विचलन, दलाल सत्ताको आत्मसमर्पणवादी लगायतका चरित्रविरुद्ध जनस्तरबाट संघर्षको सशक्त पहल लिँदै आइरहेको नेपाल कम्युनिस्ट पार्टी थवाङी जनताको सत्ता गठन पनि अगाडि देखिएको हो ।

थवाङ गाउँपालिका जनपरिषद् उपप्रमुखमा जितबहादुर रोका र प्रवक्तामा हितप्रसाद रोकालाई चयन गरिएको छ । दलबहादुर घर्ति, राजबहादुर पुन, दलित प्रतिनिधि सिर्जना मिजार, पुरन परियार, महिला प्रतिनिधि विमला झाँक्रीलगायत सदस्यमा चयन भएका छन् । भेलाले बुधबारको स्थानीय चुनावलाई पूर्ण रुपमा खारेज गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...